एजेन्सी– क्यान्सरको उपचार गराइरहेका भारतीय अभिनेता इरफान खान दीपावलीको अवसरमा स्वदेश फर्कने भएका छन्।
_x000D__x000D_
भारतीय सञ्चारमाध्यमका अनुसार उनी आफ्नो परिवारसँग दीपावली मनाउन भारत फर्कन लागेका हुन्। १० दिन परिवारसँग बसेर उनी पुनः उपचारका लागि लन्डन फर्कनेछन्।
_x000D__x000D_
केही दिनअघि भारतीयसञ्चामाध्यममा उनी 'हिंदी मिडियम–२' सुटिङका लागि भारत आउने समाचार प्रकाशन भएका थिए। तर इरफानका प्रवक्ताले ती समाचारहरु झुटा भएको बताएका छन्।
_x000D__x000D_
५१ वर्षीय अभिनेता खान केही महिनायता बेलायतमा रहेर ‘न्युरोन डोक्रिन ट्युमर’को उपचार गराइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।