पोखरा- मध्यक्रमका ब्याट्सम्यान रवि इन्दर सिंहले उत्कृष्ट ब्याटिङ गरेपछि घरेलु टिम पोखरा पल्टनले पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबार भएको फाइनल भिडन्तमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै पोखरा च्याम्पियन बनेको हो।
_x000D__x000D_
पहिलो संस्करणको उपाधिसँगै पोखराले नगद २७ लाख रुपैयाँ जितेको छ। चितवनले भने १० लाख रुपैयाँमा चित्त बुझाएको छ।
_x000D__x000D_
चितवनले दिएको १ सय ६१ रनको लक्ष्य पोखराले ४ बल खेल्न बाँकी छदा पूरा गरेको हो।
_x000D__x000D_
_x000D__x000D_
अन्तिम ओभरमा ४ रनको आवश्यकता रहेको बेलमा विनोद भण्डारीले दोस्रो बलमा चितवनका भुवन कार्कीलाई चौका प्रहार गरेका थिए। उनी ५ रनमा नटआउट रहे।
_x000D__x000D_
पोखराका लागि रवि इन्द्र सिंहले उत्कृष्ट ब्याटिङ गरे। उनले ९० रन बनाए। उनले ५८ बलमा १३ चौका र ३ छक्का प्रहार गरे।
_x000D__x000D_
पोखराका ओपनर कुशल भुर्तेल २ बल खेलेर ४ रनमा आउट भएका थिए। तर दोस्रो विकेटका लागि रवि इन्दर र आसिफ शेखबीच ६१ रनको साझेदारी भएपछि पोखराको इनिङले गति लिएको थियो। आसिफ १२ बलमा १२ रन बनाएर रनआउटको सिकार भएका थिए। उनलाई चितवनका सनी पटेलले डाइरेक्स हिडमार्फत रनआउट गरेका थिए।
_x000D__x000D_
आक्रामक ब्याटिङ गरेका पोखरा मध्यक्रमका ब्याट्सम्यान १४ बलमा २५ रनमा आउट भए। सनी पटेलको बलमा अनिललकुमार साहबाट बाउन्ड्री लाइनमा क्याच हुनुअघि उनले १ चौका र ३ छक्का प्रहार गरे।
_x000D__x000D_
कप्तान शरद भेषवाकरले २३ बलमा २२ रन जोडेर आउट भए। भुवन कार्कीको एलबिडब्लूको धरापमा पर्नुअघि उनले २ चौका प्रहार गरे। २ बलमा पछि रोहित पौडेल आउट हुन पुगेका थिए।
_x000D__x000D_
बलिङमा भुवन कार्कीले २ विकेट लिए। कप्तान पारस खड्का, सनी पटेल र करण केसीको नाममा १-१ विकेट रह्यो।
_x000D__x000D_
_x000D__x000D_
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६० रन जोड्यो।
_x000D__x000D_
चितवनका लागि कप्तान पारस खड्काले अर्धशतक प्रहार गरे। रासिद खानबाट रनआउट हुनुअघि पारसले ३७ बलमा ९ चौका प्रहार गरे। अनिलकुमार साहको ब्याटिङमा आएको बल रासिदको खुट्टामा लागेर विकेट ढलेपछि पारस आउट हुन पुगेका थिए। पारसले अनिलसँग दोस्रो विकेटका लागि ११ ओभर खेलेर ७६ रनको साझेदारी गरेका थिए। अनिल ३७ रन जोडेर आउट भए। मोहमद नावेदको बलमा बोल्ड हुनुअघि उनले ३८ बलमा ३ चौका र १ छक्का प्रहार गरे।
_x000D__x000D_
त्यसअघि अर्का ओपनर हरिशंकर साहलाई पोखराका ललितनारायण राजवंशीले ८ रनमा आउट गरेका थिए। सनी पटेलले २१ बलमा ४३ रन जोडेपछि चितवनको इनिङले रफ्तार लिएको थियो। कृष्ण कार्की बलको बलमा आउट हुनुअघि उनले ३ चौका र ४ छक्का प्रहार गरे। आरिफ शेखले ११ बलमा १ छक्काको मद्दतमा नटआउट १४ रन जोडे।
_x000D__x000D_
बलिङतर्फ पोखराका कृष्ण कार्कीले २ विकेट लिए। उनले अन्तिम ओभरमा सनी पटेल र करण केसीलाई आउट गरेका थिए। ललितनारायण राजवंशी र मोहमद नावेदले १-१ विकेट लिए। दुवैले ४-४ ओभरमा १८-१८ रन खर्चिए।
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।