ललितपुर– प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो प्रदेशमा भ्रष्टाचार हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन्।
_x000D__x000D_
मुख्यमन्त्री पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश सरकारले शून्य सहनशीलताको नीति लिएको पनि स्पष्ट पारे। उनले प्रदेश ३ लाई भ्रष्टाचारमुक्त बनाउन सहयोग गर्न पनि सबैलाई आह्वान गरे।
_x000D__x000D_
प्रदेश ३ को आवधिक योजना आधार पत्र तर्जुमा सम्बन्धी गोष्ठीलाई मंगलबार ललितपुरमा उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले पूर्वाधार विकासको कामलाई उच्च प्राथमिकता दिएको पनि बताए। उनले विकास, निर्माणको कामलाई अघि बढाउन आवश्यक योजना तय गर्न लागिएको पनि जानकारी दिए।
_x000D__x000D_
मुख्यमन्त्री पौडेलले प्रदेश ३ मा महिला, बालबालिकामाथि बलात्कार, हत्या, हिंसा हुन नदिन कठोर नीति लिने योजना पनि अघि सारे।
_x000D__x000D_
कार्यक्रममा बोल्दै प्रदेश ३ का नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेतले प्रदेश ३ को समृद्धिका लागि आवश्यक योजना तय गर्न लागिएको जानकारी दिए। उनले प्रदेश ३ को विकासको मुख्य आधारको रुपमा प्राकृतिक स्रोत, साधन रहेको पनि स्मरण गराए।
_x000D__x000D_
कार्यक्रममा विज्ञहरुले प्रदेश ३ को विकासका लागि जलविद्युत क्षेत्रको विकासमा विशेष जोड दिन पनि सुझाव दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।