काठमाडौं– अर्थमन्त्री डा युवराज खतिवडाले सेयर बजारमा संस्थागत लगानी गर्न ठूला लगानीकर्तालाई आग्रह गरेको बताएका छन्। मंगलबार नेपाल स्टक एक्चेन्ज(नेप्से) को अनलाइन कारोबारको उद्घाटन गर्दै डा खतिवडाले सो कुरा बताएका हुन्।
_x000D__x000D_
मन्त्री खतिवडाले भने, ‘वित्तीय प्रणालीमा देखिएको केही समस्याले लगानीकर्ताको मनोबल घटेको हो। यसको समाधान केही समयममा नै हुन्छ। अनि बैंकको ब्याजदर कम हुन्छ र संस्थागत लगानीकर्ताहरु सेयर बजारमा आकर्षित हुन्छन्, त्यसले बजारलाई सकारात्मक प्रभाव पार्छ।’
_x000D__x000D_
_x000D_अर्थमन्त्री खतिवडाले नेप्सेले अनलाइन कारोबार सुरु गरेर असल कामको थालनी गरेको बताए। उनले सेयर बजार ओपन क्राउडेड सिस्टमबाट अनलाइन सिस्टममा आउनु उल्लेख्य प्रगति भएको बताए। भने, ‘सेयर बजारमा अनलाइन कारोबार प्रणाली सुरुवात भएको छ यो राम्रो हो। तर, यसको कर्यान्वयनतर्फ सबैले ध्यान दिनुपर्छ।’
_x000D__x000D_
उनले सेयर बजारको पूँजीगत लाभकरको विषय पनि अब छिट्टै समाधान हुने दाबी गरे। पूँजीगत लाभकरको विषयमा पनि छिट्टै निर्णय गर्ने उनको भनाइ थियो। ‘तपाईंहरुले लक्ष्मी पूजा गरेपछि राम्रो वित्तीय अवस्था भएको कम्पनी छनोट गरेर सेयर किन्नुहोस्, अनि नाफा कमाउनुहोस्, त्यसपछि सरकारले लाभकर लिइहाल्छ।’, खतिवडाले भने।
_x000D__x000D_
नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले मंगलबारबाट सेयर कारोबार अनलाइन प्रणालीमा गएसँगै विश्वस्तरमा पूँजी बजारसँग प्रतिस्पर्धा गर्न सक्ने बताए।
_x000D__x000D_
यता नेपाल ब्रोकर एसोसियसनका अध्यक्ष भरत रानाभाटले अनलाइन प्रणाली सञ्चालनमा आउनु राम्रो कुरा भए पनि यसलाई पूर्णरुपमा प्रभावकारी बनाउन अझै धेरै कुरा सुधार्नु पर्ने धारणा राखे।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।