काठमाडौं– ३५ लाखमा एक किलो सुन भन्दै ग्राहक खोज्दै हिँड्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
_x000D__x000D_
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले एक किलो नक्कली सुन ३५ लाखमा दिन्छु भन्दै ग्राहक खोज्ने तीन जनालाई भक्तपुरको ताथलीबाट पक्राउ गरेको हो।
_x000D__x000D_
पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–१ का २४ वर्षीय राजेन्द्र तामाङ, सिन्धुलाप्चोकको बाह्रबिसे नगरपालिका–३ का ३५ वर्षीय राजु लामा र काभ्रेको रोशी गाउँपालिका–३ का ३६ वर्षीय राजकुमार तामाङ छन्।
_x000D__x000D_
उनीहरुले सुन जस्तो देखिने वस्तुलाई सुन नै हो भनी ठग्न लागेको सूचना पाएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।