दाङ- तिहारमा नेपालको उत्पादनले मात्रै नपुगेर भारतबाट समेत सयपत्री फूल आयात हुन्छ। गाउँघरमा यसको उत्पादन हराउन थालेसँगै दाङमा व्यावसायिक फूलखेती हुन थालेको छ। घोराही उपमहानगरपालिका र लमही नगरपालीकामा जग्गा भाडामा लिएर फूलको व्यावसायीक खेती हुन थालेको हो।
_x000D__x000D_
अधिकतम ९० दिनमा तयार हुने र चाडपर्वको समयमा राम्रै खपत हुने भएपछि फूलको खेती फस्टाउन थालेको व्यवसायीहरु बताउँछन्। दाङको घोराहीमा मात्र २ बिघाभन्दा बढी जग्गामा फूल खेती गरिएको छ।
_x000D__x000D_
_x000D__x000D_
एक सिजनका लागि ३० हजार रुपैयाँमा भाडामा लिएको जग्गाबाट राम्रै फाइदा हुने विश्वास फूल कृषकको छ।
_x000D__x000D_
तिहारमा भाइटीकासँगै सयपत्री फूल लगाउन नपाएको पीडामा सुरु गरिएको फूल खेतीले अरुलाई पनि रोजगारी दिइएको पुष्प व्यवसायीको इन्द्रा बुढामगरको भनाइ छ। गतवर्ष एउटा माला ८० देखि २ सय ५० रुपैयाँसम्ममा बिक्री गर्दा पनि पुर्याउन नसकिएकाले यस वर्ष थप जग्गामा खेती गरेको उनको भनाइ छ।
_x000D__x000D_
_x000D__x000D_
पछिल्लो समय विवाह तथा अन्य औपचारिक कार्यक्रममा पनि सयपत्री फूलको माग हुन थालेपछि यहाँका व्यवसायीहरुले फूल खेतीलाई आफ्नो मुख्य व्यवसाय बनाउने प्रयास गरिरहेका छन्।
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।