धनगढी– धनगढी उपमहानगरपालिका–७ स्थित देवरिया वनस्पति उद्यानभित्र घाँसदाउरा संकलन गर्न तथा पशुचौपायाको चरिचरनमा पूर्णरुपमा निषेध गरिएको छ। तर, उपमहानगरपालिका स्वयम्ले नै यो नियमको उल्लंघन गरेको पाइएको छ।
_x000D__x000D_
धनगढीमा छाडा पशुचौपाया व्यवस्थापनमा चुनौती थपिएपछि उपमहानगरपालिकाले देवरिया वनस्पति उद्यानभित्र अस्थायी गौशाला निर्माण गरेको थियो। ‘उपमहानगरपालिकाले देवरिया वनस्पति उद्यानमा कुनै किसिमको समस्या नपर्नेगरी गौशाला निर्माण गर्ने सम्झौता गरेको थियो।’, वनस्पति अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक अधिकृत लक्ष्मण झाले भने, ‘तर, उपमहानगरपालिकाले सम्झौता अनुसार काम गरेन।’
_x000D__x000D_
वरिष्ठ वैज्ञानिक अधिकृत झाले गौशालाभित्र राखिएका गाईगोरुलाई चरिचरनका लागि वनस्पति उद्यानभित्रै छोडिने गरेको बताए। उनले भने, ‘उद्यानभित्र जथाभाबीरुपमा गाईगोरुलाई छोड्न नपाइने र तोकिएको स्थानमा मात्र चरन र पानीको व्यवस्था गर्ने भनेर सम्झौता गरिएको थियो। तर, अहिले गौशालामा रहेका हेरालुले उद्यानभित्र नै जहाँतही चराउने र तालमा पानी खुवाउने गरेका छन्।’
_x000D__x000D_
उनले गौशालाका कारण उद्यानमा रहेको जैविक विविधतामा नोक्सानी भइरहेको दाबी गरे। अनुसन्धान केन्द्रले गाईगोरु व्यवस्थापनका लागि उपमहानगरपालिकालाई १० हेक्टर जमिन उपलब्ध गराएको थियो।
_x000D__x000D_
‘हामीसँग एक वर्षका लागि सम्झौता गरिएको हो। त्यसबेला छाडा पशुचौपायाको चर्को समस्या भएकाले वैकल्पिक रुपमा व्यवस्थापन गर्न हामीले जग्गा उपलब्ध गराएका हौं’, झाले भने, ‘तर, अहिलेसम्म उपमहानगरपालिकाले अर्को वैकल्पिक व्यवस्था गर्नमा ध्यान नै दिएको छैन।’
_x000D__x000D_
देवहरिया वनस्पति उद्यानमा दुर्लभ, लोपोन्मुख, रैथाने तथा संकटापन्न सूचीमा सूचीकृत वनस्पतिहरुको संरक्षण गरिँदै आएको छ।
_x000D__x000D_
उता धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले छाडा पशुचौपाया व्यवस्थापनका लागि देवरियामा गौशाला निर्माण गरेको र गौशालामा आवश्यक पराल, पानी लगायतको व्यवस्थापन धनगढी उपमहानगरले नै गर्ने गरेको बताए। उनका अनुसार गौशालामा अहिले ७ सय बढी गाईगोरु रहेका छन् भने व्यवस्थापनका लागि १० जना हेरालु राखिएको छ।
_x000D__x000D_
‘हामीले वनस्पति उद्यानको जग्गाबाहेक सम्झौता गरेको जग्गाभित्र दुई÷तीन घन्टा चरिचरन गराउने गरेका छौं’, नगरप्रमुख वडले भने, ‘हामीले जैविक विविधता संरक्षणमा ह्रास आउने कुनै काम गरेका छैनौं।’
_x000D__x000D_
गौशाला हटाउन पत्राचार
_x000D__x000D_
यसैबीच, वनस्पति अनुसन्धान केन्द्र, कैलालीले उद्यानभित्र अस्थायी रुपमा निर्माण गरिएको गौशाला हटाउन धनगढी उपमहानगरपालिकालाई पत्राचार गरेको छ।
_x000D__x000D_
केन्द्रले सोमबार उपमहानगरपालिकालाई पत्र पठाउ“दै उद्यानभित्र अस्थायी गौशाला राख्ने सम्झौताको म्याद समाप्त भइसकेको ध्यानाकर्षण गराउँदै हटाउन अनुरोध गरेको छ।
_x000D__x000D_
_x000D__x000D_
वनस्पति अनुसन्धान केन्द्रले उद्यानभित्र गौशाला सञ्चालनको सम्झौता मिति सकिएको र सम्झौता नवीकरणसमेत नभएकोले अन्यत्र पशुचौपाया व्यवस्थापन गर्नसमेत भनेको छ।
_x000D__x000D_
केन्द्रका वरिष्ठ वैज्ञानिक अधिकृत झाको हस्ताक्षर रहेको पत्रमा भनिएको छ, ‘वनस्पति उद्यानमा खडा गरिएका अस्थायी टहराहरु हटाई जैविक विविधताको संरक्षणमा सहयोग पुर्याइदिनुहुन अनुरोध गरिन्छ।’
_x000D__x000D_
धनगढी उपमहानगरपालिकाले २०७४ साल साउन २५ गते देवहरिया वनस्पति उद्यानको जग्गामा अस्थायी गौशाला निर्माण गर्ने सम्झौता गरेको थियो। साविकको वनस्पति कार्यालय र धनगढी उपमहानगरपालिकाबीच १३ बु“दे सम्झौता गरी सो स्थानमा गौशाला निर्माण गर्न अनुमति दिइएको वनस्पति अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक अधिकृत झाले जानकारी दिए।
_x000D__x000D_
धनगढी उपमहानगरपालिका बजार लगायतका क्षेत्रभित्रका छाडा पशुचौपायाबाट सडक आवगमनमा अवरोध, सम्भावित सवारी दुर्घटना र बालीनालीको नोक्सानी हुनबाट जोगाउन भन्दै व्यवस्थापनका लागि सो क्षेत्रमा अस्थायी गौशाला निर्माण गर्नमा सहयोग पुर्याइएको उनले जानकारी दिए।
_x000D__x000D_
झाका अनुसार शहर बजारमा जथाभाबी छोडिएका पशुचौपायालाई तत्काललाई अस्थायी प्रकृतिको काँडेतारसहितको घेरबार र पशुचौपायाहरुको उचित चरन, आहारा रेखदेखको बन्दोबस्त, बेवारिसे गाई संरक्षण र व्यवस्थापन गर्न जरुरी देखिएकोले प्रमुख जिल्ला अधिकारीको रायसल्लाह बमोजिम सो सम्झौता गरिएको थियो।
_x000D__x000D_
वनस्पति अनुसन्धान केन्द्रले पत्राचार गरेको बारेमा धनगढी उपमहानगरपालिका प्रमुख वडले भने, ‘छाडा पशुचौपाया व्यवस्थापन सबैको समस्या भएकाले सहमति र सहकार्यकै आधारबाट अघि बढिन्छ। यसमा सम्झौताको कुरा नै आउँदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।