बनेपा– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल विश्वका कम्युनिष्टका लागि अध्ययनको सन्दर्भ सामग्री भएको बताएका छन्।
_x000D__x000D_
काभ्रेपलाञ्चोकको धुलिखेलमा नेकपा धुलिखेल नगर कमिटीले आज आयोजना गरेको तिहार, छठ र नेपाल संवतका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले नेपालको लोकतन्त्र सशस्त्र सङ्घर्ष, जनयुद्ध, जनआन्दोलन र शान्ति प्रक्रियाको बाटोबाट अगाडि बढेकाले नेपाल विश्वका लागि अध्ययनको सन्दर्भ सामग्री भएको जिकिर गरे।
_x000D__x000D_
नेता श्रेष्ठले नेपालमा बनेको तीन तहको सरकार गठन गर्ने शक्तिका रुपमा नेकपा स्थापना भएको उल्लेख गर्दै नेपाल विश्व कम्युनिष्ट आन्दोलनका लागि नयाँ आयाम भएको बताए। नेपाली समाजले राजनीतिक क्रान्ति पूरा गरेर नयाँ चरणमा प्रवेश गरिसकेको उनको भनाइ थियो।
_x000D__x000D_
उनले पार्टीलाई तल्लो तहसम्मको एकीकरण गर्न नसकेकै कारण लाखौँ नेता कार्यकर्ता जिम्मेवारीविहीन भएर बस्नुपरेको र सोचेजस्तो काम गर्न नसकिएकोले त्यसको दोष पार्टी नेतृत्व र सचिवालयले लिनुपर्ने बताए।
_x000D__x000D_
उनले सांस्कृतिक पर्वले दिएको सकारात्मक प्रभाव जीवन व्यवहारमा उपयोग गर्न र नकारात्मक पक्षको विकासलाई नियन्त्रण गर्दै अगाडि बढ्न आग्रह गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।