काठमाडौं– सुरु भएका आयोजना समयमा सम्पन्न नहुँदा काठमाडौं उपत्यकाका सडकको अवस्था टिठलाग्दो छ। ठेक्का लिने, तर ढिलासुस्ती गरी तोकिएको समयमा निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनी (ठेकेदार)को लापरवाहीले उपत्यकाका दर्जनौं सडक अहिले यात्रा गर्न योग्य छैनन्। अधिकांश दूर्घटना सडकको दूरावस्थाकै कारण निम्तिने गरेका छन्।
_x000D__x000D_
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको विवरण हेर्दा निर्माण अवधि सकिएका सडक आयोजनामा १० प्रतिशतमात्र काम सम्पन्न भएका उदाहरणसमेत छन्।
_x000D__x000D_
७० ठेकेदारका अधिकांश आयोजना अलपत्र
_x000D__x000D_
आयोजनाका अनुसार विभिन्न ७० निर्माण कम्पनी (जेभी)ले अहिले उपत्यकाको सडक विस्तार तथा निर्माण गरिरहेका छन्। तर, तिमध्ये अधिकांशले ओगटेका सडक निर्माण कार्य अलपत्र छन्।
_x000D__x000D_
उपत्यका सडक विस्तार आयोजनासँग २७ जेभी, डिभिजन सडक कार्यालय, काठमाडौं–१ मा २४ जेभी र डिभिजन सडक कार्यालय, काठमाडौं–२ सँग १९ जेभीले विभिन्न सडक आयोजनाको ठेक्का लिएका छन्।
_x000D__x000D_
अधिकतम ४ वर्ष र न्यूनतम १५ महिनामा सम्पन्न गर्ने ठेक्का भएका सडक आयोजनामा निर्धारित समयावधि सकिँदा न्यूनतम १० प्रतिशतदेखि र अधिकतम ५० प्रतिशत सम्मको काम भएका छन्।
_x000D__x000D_
केही आयोजनामा ठेक्का लिएका निर्माण कम्पनीले त तोकिएको समय गुज्रिँदा काम सुरुसम्म गरेका छैनन्।
_x000D__x000D_
१ सय ७३ किलोमिटर सडक, कतै स्थानीय त कतै अदातलसम्मको अवरोध
_x000D__x000D_
सरकारले उपत्यकामा करिब १ सय ७३ किलोमिटर सडक विस्तार गर्दैछ। त्यस्तै, करिब एक किलोमिटर लम्बाइ बराबरको पुल पनि विस्तार हुँदैछ। तर, ती सडक तथा पुल कतै ठेकेदार, कतै सरकारी निकाय त कतै अदालत र स्थानीय जनताको विवादले समयमै निर्माण हुन नसकी अलपत्र छन्।
_x000D__x000D_
तर, सडक विस्तार हुन नसक्नुका कारणमा सबैका आ–आफ्नै दाबी छन्। निर्माण व्यवसायीहरू अदालतको आदेश, सिमांकन, विद्युत प्राधिकरणले समयमा बिजुलीका पोल तथा तारहरूको व्यवस्थापन नगर्दा, मेलम्ची खानेपानी आयोजनाले जथाभावी सडक खन्दा काममा अवरोध भएको दाबी गर्छन्।
_x000D__x000D_
_x000D__x000D_
‘सडकको काम गर्न हामीलाई साइट क्लियरेन्स, अदालतदेखि निर्माण सामग्री तथा ढुवानीसम्मको अवरोध छ,’ उनी भन्छन्, ‘खाली भएको ठाउँमा हामीले काम गरिरहेका छौं, खुट्टा बाँधेर कुद भनेर त भएन नि!’
_x000D__x000D_
सडक विस्तार विभागका प्रवक्ता विश्वविजयलाल श्रेष्ठ भने अवरोध नभएका स्थानमासमेत निर्माण कम्पनीले काममा ढिलाइ गरेको बताउँछन्। कामलाई गति दिन निर्माण कम्पनीहरूलाई बारम्बार पत्राचार गरिरहेको उनको भनाइ छ।
_x000D__x000D_
कुन सडकको अवस्था कस्तो?
_x000D__x000D_
त्रिपुरेश्वर–नागढुंगा सडक
_x000D__x000D_
निर्माणको काम अलपत्र भएकोमध्येको एउटा आयोजना हो – त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडक। १२ दशमलव ४८ किलोमिटर लामो यो सडक निर्माणको ठेक्का बज्रगुरु/बिरुवा/सिएम जेभी, शर्मा/शैलुङ/साप जेभी, लुम्बिनी/शैलुङ/साप जेभी, शर्मा/शैलुङ/कान्छाराम जेभीले पाएका छन्।
_x000D__x000D_
३१ असार २०७२ देखि यो खण्डको सडकको विस्तार सुरु भएको हो। उक्त सडक विस्तार सुरु भएको झन्डै साढे ३ वर्षमा हालसम्म करिब ६० प्रतिशतमात्रै काम सम्पन्न भएको छ।
_x000D__x000D_
तोकिएको समयमा काम सम्पन्न नहुने भएपछि सरकारले गत १२ बैसाखमा उक्त आयोजनाको म्याद १ वर्षका लागि थप गरेको छ।
_x000D__x000D_
चावहिल–साँखु सडक
_x000D__x000D_
चावहिल–जोरपाटी–बाग्मती–साँखु सडकको अवस्था पनि अहिले निकै नाजुक छ। उक्त सडकको ठेक्का युनाइटेड विल्डर्स एन्ड इन्जिनियर्स प्रालि, बज्रगुरु/च्याङमिला/खानी जेभी, बज्रगुरु/बिरुवा/खानी जेभी, विटी/सुनकोशी/वल्ड वाइड जेभी र लामा/समानान्तर जेभीले पाएका थिए। ०७२ सालदेखि यो आयोजना सुरु भएको हो।
_x000D__x000D_
_x000D__x000D_
पाँच खण्डमा विभाजन गरी ठेक्का गरिएको उक्त सडकको निर्माण कार्य सरदर ५० प्रतिशत मात्रै सम्पन्न भएको छ। काठमाडौं सडक विस्तार आयोजनाका अनुसार उक्त सडक निर्माण सम्पन्न गर्ने निर्धारित मिति गुज्रिँदै गर्दा समय थपको प्रक्रिया अघि बढेको छ।
_x000D__x000D_
उक्त खण्डको सडकको लम्बाई १२ दशमलव ५ किलोमिटर हो।
_x000D__x000D_
लगनखेल–सातदोबाटो सडक
_x000D__x000D_
८ सय मिटर लम्बाईको लगनखेल–सातदोबाटो सडक निर्माणको ठेक्का २६ जेठ ०७३ मै लागेको हो। समानान्तर निर्माण सेवाले उक्त सडकको निर्माण ठेक्का लिएको थियो।
_x000D__x000D_
तर, हालसम्म उक्त खण्डको सडकमा २० प्रतिशतमात्र काम सम्पन्न भएको छ।
_x000D__x000D_
इमाडोल–लामाटार सडक
_x000D__x000D_
करिब ७ किलोमिटर लम्बाईको इमाडोल–सिद्धिपुर–गोदावरी खोला–लुभु–लामाटार सडक निर्माणको जिम्मा डाँफे÷समानान्तरले २६ जेठ ०७३, आशिष/सिएम/ड्रागन र लामा/समानान्तरले ३० असार ०७४ मा लिएका थिए।
_x000D__x000D_
हालसम्म डाँफे/समानान्तरले ५० प्रतिशत, आशिष/सिएम/ड्रागनले ६५ प्रतिशत र लामा/समानान्तरले ४५ प्रतिशत काममात्र सम्पन्न गरेका छन्। उक्त आयोजनाको समग्र प्रगति ५३ प्रतिशतमात्र छ।
_x000D__x000D_
ढोलाहिटी–सरस्वतीकुण्ड सडक
_x000D__x000D_
करिब १३ किलोमिटर लम्बाईको ढोलाहिटी–सुनकोटी–चापा गाउँ–प्याङ गाउँ–लेले–तिलेश्वर हुँदै सरस्वती कुण्ड पुग्ने सडकको दुरावस्था पनि उस्तै छ। उक्त सडक निर्माणको जिम्मा विभिन्न ४ वटा प्याकेजमा विभिन्न कम्पनीले लिएका थिए।
_x000D__x000D_
_x000D__x000D_
यस सडक निर्माणको ठेक्का कन्टेक प्रालिले २५ जेठ ०७३ मा, पप्पु/महालक्ष्मी/वल्डवाइड जेभीले १६ साउन ०७४ र दिवा/शैंलुङ जेभीले २६ जेठ ०७३ मा लिएका थिए। ठेक्का लिएका निर्माण कम्पनीमध्ये २ को निर्धारित अवधि सकिएको छ, तर आयोजनाको समग्र औसत प्रगति १० प्रतिशतमात्र छ।
_x000D__x000D_
कर्मनाशा–गोदावरीकुण्ड सडक
_x000D__x000D_
०७३ सालदेखि सुरु भएको कर्मनाशा खोला–हरिसिद्धि–गोदावरी कुण्ड सडक निर्माण गर्ने अवधि सकिनै लाग्दा हालसम्म प्रगति करिब १० प्रतिशतमात्र छ। ७ दशमलब ६ किलोमिटर लम्बाईको यो सडक आयोजना निर्माणको जिम्मा आशिष/सिएम जेभीले ३ असार ०७३ मा र लामा/समानान्तर जेभीले ३० असार ०७४ मा लिएका थिए।
_x000D__x000D_
जोरपाटी–सुन्दरीजल सडक
_x000D__x000D_
७ किलोमिटर लम्बाईको जोरपाटी–सुन्दरीजल सडकको अवस्था पनि उस्तै छ। उक्त सडकको काम आशिष/सिएम जेभीले गरिरहेको छ। तर, ३ असार ०७३ मा सुरु भएको उक्त आयोजनाको काम हालसम्म ७ दशमलब ५ प्रतिशत मात्र सम्पन्न भएको छ।
_x000D__x000D_
_x000D__x000D_
नक्खु खोला–भैंसेपाटी–बुङ्मती सडक
_x000D__x000D_
५ किलोमिटर लम्बाईको नक्खु खोला–भैंसेपाटी–बुङ्मती सडक समयमा निर्माण नहुँदा उक्त सडक हुँदै यात्रा गर्ने यात्रुले सास्ती खेप्नुपरेको छ।
_x000D__x000D_
उक्त सडक निर्माणको जिम्मा विभिन्न २ प्याकेजमा आशिष/बिरुवा/सिएम जेभीले ३० असार ०७३ र पप्पु/महालक्ष्मी/वर्ल्डवाइड जेभीले १६ साउन ०७४ मा पाएका थिए। तर, हालसम्म उक्त सडकको भौतिक प्रगति २० प्रतिशतमात्र छ।
_x000D__x000D_
पेप्सीकोला–सल्लाघारी सडक
_x000D__x000D_
पेप्सीकोला–सल्लाघारी सडक निर्माणको जिम्मा कान्छाराम/पिआर/उमा एन्ड कम्पनीले ३० असार ०७४ मा लिएको थियो। ४ दशमलब ५ किलोमिटर लम्बाईको यो सडकको निर्माण कार्य हालसम्म १० प्रतिशतमात्रै सम्पन्न भएको छ।
_x000D__x000D_
पुल पनि उस्तै
_x000D__x000D_
अरनिको राजमार्गअन्तर्गत पर्ने धोवीखोला पुल निर्माणको अवधि सकिन २ महिनाभन्दा कम समय बाँकी रहँदा प्रगति करिब ४० प्रतिशत छ। ५० मिटर लम्बाईको यो पुलको ठेक्का जेई कन्स्ट्रक्सन प्रालिले १३ पुस ०७१ मा पाएको थियो।
_x000D__x000D_
त्यस्तै, अरनिको राजमार्गअन्तर्गतकै ५० मिटर लम्बाईको बागमती खोला पुलको निर्माण सम्पन्न गर्नुपर्ने अवधि सकिँदा भौतिक प्रगति २० प्रतिशतमात्र छ। उक्त पुल बनाउने ठेक्का पप्पु कन्स्ट्रक्सन प्रालिले ४ पुस ०७१ मा पाएको थियो। पुल निर्माण सम्पन्न गर्नुपर्ने निर्धारित अवधि गत ५ असारमै सकिएको छ।
_x000D__x000D_
निर्धारित अवधि समाप्त भइसक्दा बुढानिलकण्ठस्थित विष्णुमती पुलको निर्माण कार्य ६० प्रतिशत मात्र सम्पन्न भएको छ। उक्त पुल निर्माणको जिम्मा १७ असोज ०७२ मा रोसन पेरा जेभीले पाएको थियो।
_x000D__x000D_
ठेक्कामा लापरवाही
_x000D__x000D_
सडक विस्तारमा देखिएका अनेकौं समस्यामध्ये एउटा समस्या हो–एउटै ठेकेदारलाई अनेकौं आयोजनाको ठेक्का जिम्मा लगाउनु। पुरानो ठेक्काको काम सकिएकै हुँदैन, उसलाई नयाँ ठेक्का दिइन्छ। अघिल्लो ठेक्काको काम नसकी नयाँ ठेक्का लगाउने प्रवृत्तिकै कारण पनि अधिकांश विकास आयोजना समयमा सम्पन्न हुन नसकेका बताउँछन्, सार्वजनिक खरिद अनुगमन कार्यालयका अधिकारीहरू।
_x000D__x000D_
_x000D__x000D_
सार्वजनिक खरिद ऐन, २०६३ मा सबैभन्दा कम रकम कबोल गर्ने कम्पनीले ठेक्का पाउँछ। यसले गर्दा पनि काममा गुणस्तरियता नदेखिने गरेको गुनासो लामो समयदेखि गरिँदै आएको छ।
_x000D__x000D_
समयमा काम नगर्ने तथा गुणस्तरहीन काम गर्ने निर्माण कम्पनीलाई कारबाही गर्न नसक्दा पनि काम नगर्ने प्रवृत्ति मौलाउने गरेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले यस्ता कम्पनीलाई कालोसूचीमा राख्ने व्यवस्था भए पनि यसबाट पनि समस्या न्यूनीकरण हुन सकेको छैन।
_x000D__x000D_
पछिल्लो समय गृहमन्त्री रामबहादुर थापाले समयमा काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्ने घोषणा गरे पनि यस्ता कम्पनी कारबाहीमा परेका भने छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।