काठमाडौं- नेकपा कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नंं ३ ले पार्टी निर्देशनानुसार स्थानीय तहको एकीकरण प्रक्रिया थालेको छ।
_x000D__x000D_
प्रदेश ३ का सचिव आनन्दप्रसाद पोखरेलले पार्टीको निर्देशनानुसार योग्यता र क्षमताका आधारमा स्थानीय तहको प्रक्रिया थालिएको जानकारी दिए। रसुवा र सिन्धुलीका स्थानीय तहको एकता प्रक्रिया सकिएको छ। नगर/गाउँमा सङ्गठन कमिटीको गठन गरिएको छ।
_x000D__x000D_
प्रदेशअन्तर्गतका अन्य जिल्लामा रहेका स्थानीय तहको एकता समेत मङ्सिर १५ गतेभित्र सक्ने गरी सम्बन्धित जिल्ला कमिटीलाई निर्देशनसमेत दिइएको सचिव पोखरेलले जानकारी दिए। प्रदेश नं ३ मा १३ जिल्ला कमिटी र चार विशेष कमिटी छन्।
_x000D__x000D_
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत असोज ५ गते विशेष परिपत्र जारी गदै प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव मनोनयन गर्दै पार्टीको विधान, नियमावली र निर्देशनको मार्गदर्शन एवं विगतको सिफारिशका आधारमा आफ्नो मातहतका जिल्ला कमिटी एकीकरण सम्पन्न गर्नुपर्ने जिम्मा दिएका थिए।
_x000D__x000D_
सचिव पोखरेलले परिपत्र अनुसार पार्टी सदस्यता एकीकृत गर्ने, अभिलेख अद्यावधिक गर्ने एवं प्रदेश, जिल्ला र सो मातहतका विभिन्न तहमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नेजस्ता कार्यक्रम भइरहेको बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।