काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघले बजेट अभावका कारण तोकिएकै समय निर्माण कार्यहरु सम्पन्न गर्न नसकिएको स्पष्ट पारेको छ।
_x000D__x000D_
महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी निर्माण कार्यहरु बजेट अभावका कारण तोकिएकै मितिमा सम्पन्न गर्न नसकिएको स्पष्टिकरण दिएको हो। सरकारले समयमै बजेट उपलब्ध गराउन नसकेको महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए।
_x000D__x000D_
बजेट नभएका आयोजना पनि सरकारले स्वीकृत गरेपछि त्यसलाई समयमै सम्पन्न गर्न कठिनाई हुने उनले बताए। सरकारले बजेट नदिने तर जनताले समयमै काम नगरेको भनेर व्यवसायीलाई आलोचना गर्ने गरेको भन्दै उनले गुनासो गरे। बजेट अभाव भएपछि निर्माण कार्य गुणस्तरहीन हुन पुगेको अध्यक्ष सिंहको भनाई छ।
_x000D__x000D_
महासंघले सार्वजनिक खरिद ऐनलाई व्यवसायीमैत्री बनाउन सरकारसँग माग गरेको छ। अध्यक्ष सिंहले सार्वजनिक खरिद ऐनकै छिद्र पक्रेर केही व्यवसायीलाई मात्रै ठेक्कापर्ने गरेको उल्लेख गर्दै त्यसो हुन नदिन पनि सार्वजनिक खरिद ऐन संशोधनको विषयलाई जोड दिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।