काठमाडौं– पछिल्लो केही दिनदेखि निरन्तर रुपमा ओरालो लागेको नेप्से परिसूचक साताको दोस्रो दिन दोहोरो अंकले बढेको छ। सोमबार नेप्से परिसूचक ११ दशमलब ९२ अंकले बढेर १ हजार २ सय १९ दशमलब २० को बिन्दूमा पुगेर कारोबार रोकिएको छ।
_x000D__x000D_
सोमबार ‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २ दशमलब ५१ अंकले बढेर २ सय ५९ दशमलब ३२ को बिन्दूमा पुगेको छ। १ सय ५५ कम्पनीको २४ करोड ४५ लाख ७० हजार ५ सय ५२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
_x000D__x000D_
सोमबार प्रभु बैंकको सर्वाधिक सेयर कारोबार भएको छ। बैंकको ४ करोड १७ लाख १९ हजार ७ सय ३७ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यस्तै एनटिसीको २ करोड ९ लाख ६० हजार १ सय ८४ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।
_x000D__x000D_
कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ भने निर्जीवन बिमा समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। समूहको सेयर मूल्य ८७ दशमलब ४५ अंकले बढेको छ। त्यस्तै जीवन बिमा समूहको कारोबार ४९ दशमलब ५२ अंकले बढेको छ।
_x000D__x000D_
सोमबार सर्वाधिक कमाउनेमा लक्ष्मी लघुवित्त वित्तीय संस्था अन्तर्गतका लगानीकर्ता रहेका छन्। संस्थाको सेयर मूल्य प्रतिकित्ता ५१ रुपैयाँ अर्थात ६ प्रतिशत बढेर ९ सय १ रुपैयाँमा कारोबार रोकिएको छ। त्यस्तै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता ६३ रुपैयाँले बढेको छ।
_x000D__x000D_
यता सर्वाधिक गुमाउनेमा सिर्जना फाइनान्सअन्तर्गतका लगानीकर्ता रहेका छन्। फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ५ रुपैयाँले घटेर २ सय ६३ रुपैयाँमा कारोबार रोकिएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।