काठमाडौं– दक्षिण कोरियामा आयोजना ‘पाचाैं लक्जरी ब्रान्ड मोडल अवार्ड, ग्लोबल फेसन विक २०१८’ सम्पन्न भएको छ। कार्यक्रकमा सहभागी ४ नेपाली मोडलहरुले अवार्ड हात पारेका छन्। मोडलहरु विक्रम आदित्य महासेठ, अदिति अधिकारी, रुविष्का श्रेष्ठ र आदर्श ज्ञवालीले नेपालका लागि अवार्ड प्राप्त गर्न सफल भएका हुन्।
_x000D__x000D_
जसमा ‘ब्राण्ड अनररी एम्बेसडर अफ एलबिएमए’ अवार्ड विक्रम र रुविष्का श्रेष्ठले प्राप्त गरे भने अदिति अधिकारीले ‘फेसनिन्स्टा एन्ड ब्रान्ड अनररी एम्बेसडर फर जे जुन कस्मेटिक प्रोडक्ट’ प्राप्त गरेकी छिन्। त्यसैगरि आदर्श ज्ञावलीले ‘वेस्ट पर्सनालिटी’ अवार्ड जित्न सफल भए।
_x000D__x000D_
गत २८ अक्टोबरदेखि १ नोभेम्बरसम्म कोरियोको इन्चियोनको सोङडो अन्तर्राष्ट्रिय व्यापारिक जिल्लाको ओर्ड फाइनल ग्रान्ड हायात इन्चीयोनमा कार्यक्रम अायाेजना भएकाे थियाे।
_x000D__x000D_
अवार्ड विजेता अदिति ‘मोडल हन्ट २०१८’ की महिलातर्फकी विजेता हुन् भने रुविष्का र आदर्श उक्त कार्यक्रमका फस्ट तथा थर्ड रनरअप हुन्। त्यसैगरी विक्रम ‘हन्ट नेपाल २०१७’ का विजेता हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।