एजेन्सी– बलिउड अभिनेता शाहरुख खान अभिनित फिल्म ‘जिरो’को केही दिनअघि ट्रेलर सार्वजनिक भएको छ।
_x000D__x000D_
फिल्मको ट्रेलरमा शाहरुखले देखाएको नयाँपनको यतिबेला बलिउड पारखीमाझ तारिफ सुरु भएको छ।
_x000D__x000D_
शाहरुखले २५ वर्ष लामो फिल्मी करियरमा धेरै सुपरहिट फिल्ममा अभिनय गरिसकेका छन्। तर, उनका केही त्यस्ता काम छन् जुन आजसम्म पनि प्रर्दशनमा आउन सकेका छैनन्।
_x000D__x000D_
हलिउड फिल्म 'एक्सट्रिम सिटी'
_x000D__x000D_
सन् २०११मा छायांकन भएको फिल्म 'एक्सट्रिम सिटी' जसमा शाहरुखको अभिनय रहेको थियो।
_x000D__x000D_
_x000D__x000D_
फिल्ममा शाहरुखका साथमा टाइटानिक फेम अभिनेता लियोनार्दो डिकाप्रियोको समेत अभिनय रहेको थियो। तर, केही कारणबस फिल्म बिचैमा रोकिएको थियो। जुन अहिले सम्मपनि प्रदर्शनमा आउन सकेको छैन।
_x000D__x000D_
फिल्म 'रक्स'
_x000D__x000D_
_x000D_सन् २००१ मा निर्माण भएको फिल्म 'रक्स' आजसम्म प्रदर्शनमा आएको छैन। सुपरस्टार अमिताभ बच्चन, जुही चावलाकोसमेत अभिनय रहेको फिल्मको सोही समय छायांकन सकिएको थियो। तर, फिल्म १७ वर्ष सम्ममा पनि प्रदर्शनमा आउन सकेको छैन।
_x000D__x000D_
मणि कौलको फिल्म ‘अहमक’
_x000D__x000D_
फिल्म 'अहमक'सन् १९९१ मा निर्माण भएको फिल्म हो।
_x000D__x000D_
फिल्ममा शाहरुख खानका साथ अयूब खान, मीता वशिष्ठ मुख्य भूमिकामा रहेका थिए। फिल्मको छायांकनसहित पूर्ण रूपमा निमार्ण समेत भएको थियो। जुन सन् २०१५को फिल्म फेस्टिबलमा प्रर्दशनमा आयो तर फिल्महलहरूमा भने प्रदर्शनमा आउन सकेन।
_x000D__x000D_
फिल्म ‘शिखर’
_x000D__x000D_
फिल्म ‘परदेश’ निर्माणअघि निर्देशक सुभास घईले अभिनेता शाहरुख खान र माधुरी दिक्षितलाई फिल्म ‘शिखर’का लागि आग्रह गरेका थिए। फिल्ममा शाहरुख खान केही आफूले भनेका परिवर्तन चाहान्थे।
_x000D__x000D_
_x000D__x000D_
तर, उक्त विषयमा निर्देशक घई मान्य भएनन्। यही कारण शाहरुखले फिल्मबाट हाट झिके। शाहरुखले हात झिक्नसाथ फिल्म अधुरै रहयो। पछि गएर सुभस घईले फिल्ममा केही परिवर्तन गरि नयाँ फिल्म ‘ताल’ निमार्ण गरे।
_x000D__x000D_
त्यसपछि मात्र उक्त फिल्मले निरन्तरता प्राप्त गरेको थियो।
_x000D__x000D_
फिल्म ‘किसी से दिल लगाके देखो’
_x000D__x000D_
_x000D__x000D_
सन् १९९६ को डायरेक्टर कल्पतरुद्धारा निर्देशन गरेको फिल्म हो ‘किसी से दिल लगाके देखो’। फिल्मको सुटिङ समेत सुरु भएको थियो। तर, प्राविधिक कारणबस फिल्म बिचैमा रोकियो। फिल्ममा अभिनेता शाहरुख खानका साथमा आयशा जुल्का तथा मधु मुख्य भूमिकामा रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।