काठमाडौं- केही दिनदेखि प्रहरीभित्र ‘लेडी डन’को चर्चा थियो। व्यवसायी शरदकुमार गौचन हत्या प्रकरणको अनुसन्धानमा रहेको प्रहरी टोलीका सदस्यहरु सञ्चारकर्मीसँग अनौपचारिक गफगाफमा भन्थे, ‘लेडी डन’को रहस्य एकाध दिनमा थाहा पाउनुहुनेछ।’
_x000D__x000D_
नभन्दै आज गुन्डा नाइके समीरमान बस्नेतकी श्रीमती माया शेरचन बस्नेतलाई प्रहरीले पक्राउ गर्यो। महानगरीय अपराध महाशाखाको टोलीले उनलाई काठमाडौं सानो भर्याङबाट पक्राउ गरेको हो। तीन वटा गोलीकाण्डमा संलग्न रहेको आरोपमा पक्राउ परेकी मायालाई संगठित अपराध तथा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ।
_x000D__x000D_
पेस्तोल उपलब्ध गराउने काम मायाको
_x000D_गत वर्षको असोज २३ गते नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याको आरोपमा अपराध महाशाखाको टोलीले कात्तिक १२ गते लोप्साङ लामा, अम्बर बहादुर राना र रोशन बुढाथोकीलाई पक्राउ गरेको थियो। पक्राउ परेकाहरुको बयानका आधारमा सो अपराधमा समीरकी श्रीमती माया शेरचनको समेत संलग्नता रहेको प्रहरी दाबी छ।
_x000D__x000D_
‘पक्राउ परेकाहरुले मायाको भूमिकाका विषयमा जे जति कुराहरु भने त्यसले उनी भित्र पनि लेडी डन हुने अभिलाषा रहेको देखियो’ अनुसन्धानमा संलग्न एक प्रहरीले नेपाल लाइभसँग भने, ‘पक्राउ परेकी लेडी डनलाई अब कारबाही अगाडि बढ्छ।’
_x000D__x000D_
पक्राउ परेकाले अदालतमा समेत हत्यामा समीरको श्रीमतीको समेत संलग्नता भएको बयान दिइएका थिए। उनीहरुको बयानका आधारमा जिल्ला अदालत काठमाडौं पक्राउ पूर्जी लिएर उनलाई पक्राउ गरेको स्रोतले जानकारी दियो।
_x000D__x000D_
२०७३ चैत २९ गते दिव्या पार्टी प्यालेस एन्ड हस्पिटालिटी गौरीघाटमा जिम गर्न जाँदै गर्दा २०७३ चैत २९ गते गेटमै दावामाथि गोली हानियो। दावालाई गोली हान्नकै लागि समीरमानकी श्रीमती माया शेरचनले काठमाडौंको सितापाइलामा सुटर अम्बर बहादुर रानालाई पेस्तोल दिएको दाबी प्रहरीको छ।
_x000D__x000D_
दावालाई गोली हानेपछि आफूले समीरको श्रीमतीलाई पेस्तोल फिर्ता गरेको अम्बरले बयानका क्रममा भनिसकेका छन्।
_x000D__x000D_
व्यवसायी गौचनलाई गोली हान्ने फेरी त्यही पेस्तोल उनकै श्रीमतीले उपलब्ध गराएकी थिइन्। जुन प्रहरीले बरामद गरिसकेको छ। उक्त पेस्तोल दरबारको समेत भएको प्रहरीको दाबी छ।
_x000D__x000D_
त्यस्तै युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीलाई गोली हान्ने बेलामा पनि काठमाडौंदेखि पेस्तोल गएको र त्यही पेस्तोलले लोप्साङले तिवारीलाई गोली हानेर मारेको प्रहरीले जनाएको छ।
_x000D__x000D_
गौचन हत्यामा संलग्नलाई एक महिना घरमा सेल्टर
_x000D_काठमाडौंको बाफलमा समीरमानको पुरानो घर छ। गौचन हत्या गरेर फरार रहेकाहरुलाई सोही घरमा समीरकी श्रीमतीले एक महिनासम्म सेल्टर दिएर राखेको सूचना पक्राउ परेकाबाटै प्रहरीले संकलन गरेको छ।
_x000D__x000D_
यसअघि नै समीरको घरमा रोशन बुढाथोकी, अम्बरबहादुर राना, श्याम गुम्बे र अजय थापा एक महिनासम्म बसेको अनुसन्धानबाट खुलेको थियो। प्रहरी स्रोतले नेपाल लाइभसँग भन्यो ‘यी चार जना समीरमानको पूरानो मुल घर बाफलमा एक महिनासम्म बसेका रहेछन्। घरको टप फ्लोरमा बस्ने। तल नझर्ने। रिचार्ज कार्ड लगायतका अन्य सामान ल्याउनु परेमा अरुलाई नै ल्याउन लगाउने रहेछन्। हामीले त्यसबेला पनि रेकी त गरेका थियौं, तर पत्ता लगाउन सकिएन।’
_x000D__x000D_
उनीहरुले आफूलाई चाहिने सामान घरमा ल्याउनका लागि समेत त्यसबेला एक जना युवा सहयोगी राखेका थिए। उनीहरुलाई संरक्षण गरेर राख्न समेत समीरकी श्रीमतीको हात रहेको प्रहरीले जनाएको छ।
_x000D__x000D_
विद्यार्थीको खातामा बैंङ्लोरमा रकम
_x000D_आफ्नै समूहका गुन्डा नाइके कुमार घैंटे प्रहरी कारबाहीमा मारिएपछि समीरमान भागेर भारत पुगेका थिए। पछि उनले भारतबाटै आपराधिक गिरोहको सञ्जाल विस्तार गर्न सुरु गरे। त्यसका लागि काठमाडौंमा रहेकी आफ्नी श्रीमती मायाले उनलाई भरपुर सहयोग गरेको प्रहरीको भनाइ छ।
_x000D__x000D_
काठमाडौंबाट हत्या तथा पैसा उठाउन गुन्डाहरु खटाउने कामको जिम्मा समीरकै श्रीमतीले गरेकी थिइन्। गौचन हत्या, दावा लामाथि गोली प्रहार, दुर्गा तिवारी हत्यामा भारतबाट समीरले काम गरेका थिए भने उनलाई सहयोग गर्दै काठमाडौंबाट सबै काम श्रीमती माया शेरचनले गरेको अनुसन्धानबाट खुलेको छ।
_x000D__x000D_
‘भारतमा बसेका श्रीमानसहित अन्य गुन्डालाई चाहिने रकम समेत श्रीमती मायाले काठमाडौंबाट नै पठाउने गरेको देखियो’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने।
_x000D__x000D_
समीर लगायतका व्यक्तिहरु भारतको बैंङ्लोरमा रहेको भन्ने गोप्य सूचना पाएपछि महाशाखाका टोली बैंङ्लोर गएको थियो। त्यो सूचना चुहिएपछि उनीहरु त्यहाँबाट भागेका थिए। बैंङ्लोरमा हुँदा समीरलगायत उनको समूह नेपाली विद्यार्थीको कोठमा बसेका थिए।
_x000D__x000D_
तीन नेपाली विद्यार्थीको नाममा समीरकी श्रीमतीले काठमाडौंबाट पैसा पठाउने गरेको देखिएपछि उनीहरुमाथि समेत प्रहरीले सोधपुछ गरेको थियो। ‘पैसा आउने गरेको थाहा पाएपछि भारतीय प्रहरीको सहयोगमा हामीले नेपाली विद्यार्थीमाथि सोधपुछ गरेका थियौं। तर उनीहरु गुन्डा हुन् भन्ने ती विद्यार्थीहरुले थाहा नपाएको र काठमाडौंबाट मायाले जबरजस्ती पैसा आफ्नो नाममा हालेको बताएपछि उनीहरु अनुसन्धानको लेन्स बाहिर परे’ स्रोतले नेपाल लाइभलाई भन्यो।
_x000D__x000D_
समीर कारागार हुँदा सबै काम श्रीमती मायाबाट
_x000D_गुन्डा नाइके समीरमान गत मंसिरमा भारतबाट पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको टोलीले मंसिर १७ गते सार्वजनिक गरेको थियो। त्यसयता उनी जेलमा छन्।
_x000D__x000D_
समीर जेल गएपछि अपराध सञ्जालको सम्पूर्ण जालो उनीकै श्रीमतीबाट हुने गरेको प्रहरीको दाबी छ। समीर जेलमै भएको बेला समेत अर्को ठूलो हत्याको योजना उनकै श्रीमतीबाट हुने गरेको समेत प्रहरीले निष्कर्ष निकालेको छ।
_x000D__x000D_
अपराध घटनाउन विभिन्न व्यक्तिलाई रकम दिनेदेखि समीरको योजनामा सम्पूर्ण काम श्रीमती मायाले गर्ने गरेको रिपोर्ट प्रहरी हेडक्वाटर पुगेपछि केही समय पहिला समीरलाई मुस्ताङ कारागार सारिएको थियो। अन्य व्यक्तिलाई भेट्ने बाहाना बनाएर दिनहुँ थुपैै मान्छेले समीरलाई भेट्ने गरेको र यसको सम्पूर्ण सेटिङ श्रीमतीबाट हुने गरेको प्रहरीको बुझाई छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।