पोखरा- चितवन राइनोज पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आइतबार पोखरा रंगशालामा भएको एलिमिनेटरको खेलमा चितवनले हुलास काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।
_x000D__x000D_
अब उपाधिका लागि चितवनले पोखरा पल्टनसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल आगामी मंगलबार पोखरा मैदानमा विहान ११ बजे हुनेछ। लिग चरणको शीर्ष स्थानमा रहदै पोखरा यसअघि नै फाइनलमा पुगेको थियो।
_x000D__x000D_
पिपिएलका सुरुवाती २ खेलमा हार बेहोरेको चितवनले त्यसपछिका लिगका ३ खेेलमै जित हात पार्दै दोस्रो चरणमा स्थान बनाएको थियो। एलिमिनेटरमा पनि जित हात पारेपछि चितवनले लगातार चौथो जित पार्न सफल भयो।
_x000D__x000D_
आइतबार ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंले दिएको ९५ रनको सामान्य लक्ष्य चितवनले १८.२ बलमा ४ विकेटको क्षतिमा पूरा गर्यो।
_x000D__x000D_
चितवनका लागि स्मित पटेलले सबैभन्द बढी ३८ रन जोडे। उनले ४३ बलमा ३ चौका प्रहार गरे। स्मित र आरिफ शेखबीच चौथो विकेटका लागि ५७ रनको साझेदारी भएको थियो। आरिफले नटआउट २० र सनी पटेलले नटआउट ६ रन जोडे।
_x000D__x000D_
ओपनर हरिशंकर साहले २६ रन जोडे। उनले २२ बलमा ३ चौका र १ छक्का प्रहार गरे।
_x000D__x000D_
चितवनका ओपनर अनिल साह आइतबार पनि चल्न सकेनन्। उनलाई १ रन बनाएर खेलिरहदा सुसन भारीले विकेट पछाडि जयकिशन कोल्सावालबाट क्याच गराए। चितवनका कप्तान पारस खड्कालाई पनि सुसनले १ रनमा आउट गर्दै पेभिलियनको बाटो देखाए।
_x000D__x000D_
बलिङमा काठमाडौंका सुसन भारीले ३ विकेट लिए। उनले ४ ओभरमा १८ रन खर्चिए। पवन सराफले १ विकेट हात पारे।
_x000D__x000D_
_x000D__x000D_
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं ३ बल खेल्न बाँकी ९४ रनमा अलआउट भयो । काठमाडौंलाई कमजोर स्कोरमा रोक्न चितवनका सनी पटेलले उत्कृष्ट बलिङ गरे।
_x000D__x000D_
काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले सबैभन्दा बढी ३० रन जोडे। ३५ बलको सामना गरेका ज्ञानेन्द्रले चितवनका भुवन कार्कीबाट बोल्ड हुनुअघि ३५ बलमा २ चौका प्रहार गरे। ज्ञानेन्द्र र ओपनिङ ब्याट्सम्यान जयकिशन कोल्सावालबीच पाँचौ विकेटका लागि ३८ रनको साझेदारी गरेका थिए। कोल्सावालाले आउट हुनुअघि २५ रनको योगदान गरे। उनले ३७ बलमा २ चौका हिर्काए।
_x000D__x000D_
खराब सुरुवात गरेको काठमाडौंले दोस्रो ओभरमा ३ विकेट गुमाएको थियो। पहिलो ओभरमा १५ रन बनाएको काठमाडौंलाई सुरुवातमै दबाबमा राख्यन चितवनका सनी पटेलले दोस्रो ओभरमा ३ विकेट लिएका हुन्।
_x000D__x000D_
_x000D__x000D_
सनीले दोस्रो ओभरको पहिलो खेलमा काठमाडौंका ओपनर अमित श्रेष्ठलाई आरिफ शेखबाट क्याच गराउदै पेभिलियनको बाटो देखाए। तेस्रो बलमा सनीले काठमाडौंका पवन सराफलाई खाता नै खोल्न नदिइ एलबिडब्लूको धरापमा पारे। सनी यतिमै रोकिएनन्। उनले अन्तिम बलमा गौरव तोमारले १ रनकै स्थितिमा एलबिडब्लूको धरापमा पारेर चितवनलाई उत्कृष्ट सुरुवात दिलाएका थिए।
_x000D__x000D_
खराब सुरुवात गरेको काठमाडौंले पाँचौ ओभरमा अर्को विकेट गुमायो। १ रन बनाएर खेलिरहेका नरेश बुढाऐरलाई चितवनका कप्तान पारस खड्काले एलबिडब्लूको धरापमा पार्दै पेभिलियन फर्काए।योसँगै काठमाडौंले ५ ओभरमा ३० रन जोड्दा सुरुवाती ४ विकेट गुमाएको थियो।
_x000D__x000D_
_x000D__x000D_
कामठमाडौंका आदिल खान ८ रन र बसन्त रेग्मी रन जोड्न नपाइ आउट भए। आइतबार २६औं जन्मदिन मनाइरहेका चितवनका बलर स्मित पटेलले आदिल खानलाई बोल्ड गरेका थिए। सुसन भारी ३ रनमा रनआउट भए भने अमरसिंह रटेउला अन्तिम विकेटको रुपमा ९ रन जोडे।
_x000D__x000D_
बलिङमा सनी पटेलले ३ विकेट लिन सफल भए। उनले ४ ओभरमा १९ रन खर्चिए। स्मित पटेल र भुवन कार्कीको नाममा २-२ विकेट रह्यो। पारस खड्का र करण केसीले १-१ विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।