पोखरा- पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत एलिमिनेटरको खेलमा हुलास काठमाडौं रोयल्सले चितवन राइनोजलाई ९५ रनको लक्ष्य दिएको छ।
_x000D__x000D_
पोखरा रंगशालामा आइतबार टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं ३ बल खेल्न बाँकी ९४ रनमा अलआउट भयो । काठमाडौंलाई कमजोर स्कोरमा रोक्न चितवनका सनी पटेलले उत्कृष्ट बलिङ गरे।
_x000D__x000D_
काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले सबैभन्दा बढी ३० रन जोडे। ३५ बलको सामना गरेका ज्ञानेन्द्रले चितवनका भुवन कार्कीबाट बोल्ड हुनुअघि ३५ बलमा २ चौका प्रहार गरे। ज्ञानेन्द्र र ओपनिङ ब्याट्सम्यान जयकिशन कोल्सावालबीच पाँचौ विकेटका लागि ३८ रनको साझेदारी गरेका थिए। कोल्सावालाले आउट हुनुअघि २५ रनको योगदान गरे। उनले ३७ बलमा २ चौका हिर्काए।
_x000D__x000D_
खराब सुरुवात गरेको काठमाडौंले दोस्रो ओभरमा ३ विकेट गुमाएको थियो। पहिलो ओभरमा १५ रन बनाएको काठमाडौंलाई सुरुवातमै दबाबमा राख्यन चितवनका सनी पटेलले दोस्रो ओभरमा ३ विकेट लिएका हुन्।
_x000D__x000D_
_x000D__x000D_
सनीले दोस्रो ओभरको पहिलो खेलमा काठमाडौंका ओपनर अमित श्रेष्ठलाई आरिफबाट क्याच गराउदै पेभिलियनको बाटो देखाए। तेस्रो बलमा सनीले काठमाडौंका पवन सराफलाई खाता नै खोल्न नदिइ एलबिडब्लूको धरापमा पारे। सनी यतिमै रोकिएनन्। उनले अन्तिम बलमा गौरव तोमारले १ रनकै स्थितिमा एलबिडब्लूको धरापमा पारेर चितवनलाई उत्कृष्ट सुरुवात दिलाएका थिए।
_x000D__x000D_
खराब सुरुवात गरेको काठमाडौंले पाँचौ ओभरमा अर्को विकेट गुमायो। १ रन बनाएर खेलिरहेका नरेश बुढाऐरलाई चितवनका कप्तान पारस खड्काले एलबिडब्लूको धरापमा पार्दै पेभिलियन फर्काए।योसँगै काठमाडौंले ५ ओभरमा ३० रन जोड्दा सुरुवाती ४ विकेट गुमाएको थियो।
_x000D__x000D_
_x000D__x000D_
कामठमाडौंका आदिल खान ८ रन र बसन्त रेग्मी रन जोड्न नपाइ आउट भए। आइतबार २६औं जन्मदिन मनाइरहेका चितवनका बलर स्मित पटेलले आदिल खानलाई बोल्ड गरेका थिए। सुसन भारी ३ रनमा रनआउट भए भने अमरसिंह रटेउला अन्तिम विकेटको रुपमा ९ रन जोडे।
_x000D__x000D_
बलिङमा सनी पटेलले ३ विकेट लिन सफल भए। उनले ४ ओभरमा १९ रन खर्चिए। स्मित पटेल र भुवन कार्कीको नाममा २-२ विकेट रह्यो। पारस खड्का र करण केसीले १-१ विकेट हात पारे।
_x000D__x000D_
खेलमा जित हात पार्ने टिम फाइनलमा पुग्नेछ। फाइनलमा जारी खेलमा जित हात पार्ने टिम र पोखरा पल्टनबीच आगामी मंगलबार प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।