पोखरा- पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिता दौरान खेल भावना विपरित व्यवाहार देखाएका ४ खेलाडी कारबाहीमा परेका छन्।
_x000D__x000D_
शनिबार पोखरा रंगशालामा भएको खेलमा अभद्र व्यवहार देखाएका विराटनगर टाइटन्सका कप्तान सन्दीप लामिछानेलाई आइसिसी आचार संहितअनुसार कारबाही गरिएको पिपिएलले जनाएको छ।
_x000D__x000D_
खेलमा अम्पयरसँग नो बलको विषयमा विवाद गरेका सन्दीपको १ अंक घटाइएको छ। चितवन टाइगर्सविरुद्धको खेलमा विराटनगरका किशोर महतोको बललाई अम्पायरले नो बल दिएपछि सन्दीपले विवाद गरेका थिए। सन्दीपसँगै विवादमा उत्रिएका तीव्र गतिका बलर किशोर महतोलाई पनि कारबाहीमा परे। उनको पनि १ अंक घटाइएको छ।
_x000D__x000D_
सोहि खेलमा अम्पायरसँग विवाद गरेका चितवनका खेलाडी सनी पटेललाई पनि सोही कारबाही गरिएको छ। सो खेलमा चितवनले विराटनगरलाई ४ विकेटले हराउँदै दोस्रो चरणमा स्थान पक्का गरेको थियो।
_x000D__x000D_
यता हुलास काठमाडौं रोयल्सका अमनरसिंह रटेउला पनि कारबाहीमा परेका छन्। उनको पनि १ अंक घटाइएको छ। अमरले शुक्रबार चितवन राइनोजविरुद्धको खेलमा रेफ्रीसँग अभद्र व्यवहार देखाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।