काठमाडौं- मनाङ मस्याङ्दी क्लबले भारतको सिक्किममा भएको गभनर्स गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
_x000D__x000D_
आज सिक्किमको पाल्जोर रङ्गशालामा भएको फाइनल खेलमा रेड आर्मी क्लब भारतलाई १-० गोलले पराजित गर्दै मनाङले उपाधि जितेको हो । मनाङको जितमा एकमात्र गोल सुजल श्रेष्ठले खेलको ८१ औँ मिनेटमा गरेका थिए ।
_x000D__x000D_
क्वार्टरफाइनलमा कोलकाता कस्टम्स क्लबलाई दुईका विरुद्ध चार गोलले हराएको मनाङले सेमिफाइलनमा कोलकाता एटिकेलाई दुईका विरुद्ध छ गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनल पुगेको थियो ।
_x000D__x000D_
प्रतियोगितामा सहभागी नेपालको अर्को टोली सशस्त्र प्रहरीको एपिएफ क्लब भने पहिलो खेलबाटै बाहिरिएको थियो । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।