_x000D_एजेन्सी– बलिउड अभिनेता अक्षय कुमार र रजनीकान्त स्टारर फिल्म ‘२.०’ को ट्रेलर सार्वजनिक भएको छ । शनिबार फिल्मको हिन्दी र तमिल भाषामा ट्रेलर सार्वजनिक गरिएको हो। लामो समयअघिबाट चर्चामा रहेको यस फिल्ममा अभिनेता अक्षय कुमार खलनायकका रुपमा देखिँदैछन्।
_x000D__x000D_
करिब ५ सय करोड भारतीय रुपियाँ लगानीमा निमार्ण भएको भनिएको फिल्मको सार्वजनिक ट्रेलर एक्सनले भरिपूर्ण छ। कम संवाद र बढी एक्सन दृष्यहरु समावेश भएको फिल्ममा अत्यधिक भिएफएक्सको प्रयोग भएकाले फिल्मको ट्रेलरमा प्रविधियुक्त एक्सन समावेश छ।
_x000D__x000D_
फिल्म ‘२.०’ फिल्म ‘रोर्वट’को सिक्वेल हो। जसमा अभिनेता रजनीकान्तले मुख्य भुमिका निर्वाह गरेका थिए। तर ‘२.०’मा भने रजनीकान्त, अक्षयसँगै अभिनेत्री एमी ज्याक्सन पनि मुख्य भूमिकामा देखिएकी छिन्।
_x000D__x000D_
फिल्मको ट्रेलर
_x000D_
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।