पोखरा- पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत चितवन राइनोज दोस्रो चरणमा प्रवेश गरेको छ। चितवनले शनिबार भएको खेलमा विराटनगर टाइटन्सलाई ४ विकेटले पराजित गर्दै दोस्रो चरणमा स्थान पक्का गरेको हो।
_x000D__x000D_
चितवन दोस्रो चरणमा प्रवेश गरेसँगै एक्स्पर्ट धनगढी ब्लुज बाहिरिएको छ। चितवनसँगै पोखरा पल्टन र हुलास काठमाडौं रोयल्स पनि दोस्रो चरणमा पुगे। धनगढी, बुटवल ब्लास्टर्स र विराटनगर भने बाहिरिएका छन्।
_x000D__x000D_
पोखरा रंगशालामा शनिबार विराटनगरले दिएको १ सय ४६ रनको लक्ष्य चितवनले ३ बल खेल्न बाँकी छदा ६ विकेटको क्षतिमा पार गर्यो। चितवनको जितमा सनी पटेलले नटआउट ५१ रन जोडे। उलने २४ बलमा ४-४ चौका र छक्का प्रहार गरे। सोनु तामाङ ११ रनमा नटआउट रहे।
_x000D__x000D_
खराब सुरुवात गरेको चितवनले पहिलो बलमै विकेट गुमाएको थियो। हरिशंकर साहलाई विराटनगरका कप्तान सन्दीप लामिछानेले इनिङको बलमा प्रदीप ऐरीबाट क्याच गराएका थिए। तेस्रो ओभरको पहिलो बलमा सन्दीपले अर्को विकेट लिए। सन्दीपले चितवनका कप्तान पारस खड्कालाई ७ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरे। कप्तान पारसलाई आउट गरेपछि सन्दीपले मैदानमा कुदेर ठूलो खुसी मनाएका थिए।
_x000D__x000D_
त्यसअघि स्मित पटेलले २१ र आरिफ शेखले ३५ रन जोडेपछि चितवनको इनिङले गति लिएको थियो। आरिफले ३९ बलमा २ चौका हिर्काएका थिए। उनलाई पनि सन्दीपले पनि क्याच आउट गराए। भुवन कार्की पनि सन्दीपको बलमा रन नै जोड्न नपाइ पेभिलियन फर्के।
_x000D__x000D_
बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानले ४ विकेट लिए। उनले ४ ओभरमा १ मेडन राखेर २५ रन खर्चिए। सुरुवाती ३ ओभरमा राम्रो बलिङ गरेका सन्दीपले १९ ओभरमा १८ रन खाएका थिए। जसले गर्दा खेल चितवनको पक्षमा गएको थियो। सुनील धमाला र सहाब अलामले १-१ विकेट लिए।
_x000D__x000D_
त्यसअघि पोखरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४५ रन बनायो।
_x000D__x000D_
विराटनगरका लागि ओपनर मोहमद जाइद अलामले अर्धशतक प्रहार गरे। उनले आउट हुनुअघि ४७ बलमा ५३ रन जोडे। उनले ६ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर सुनील धमलाले ४७ रनको योगदान गरे। उनले ४४ बलमा ७ चौका प्रहार गरे। जाइद र धमलाबीच पहिलो विकेटका लागि ८७ रनको साझेदारी भएको थियो।
_x000D__x000D_
त्यसपछि भने विराटनगरको ब्याटिङ राम्रो हुन सकेन। प्रदीप ऐरी ११ रन, एन्ड्रिउ सुभिक्षण ४ रन र राजु रिजाल ६ रनमा आउट भए। राजेश पुलामी मगर ३ बलमा नटआउट ८ रन र पुष्प थापा ४ बलमा ११ रनमा नटआउट रहे।
_x000D__x000D_
बलिङमा चितवनका कप्तान पारस खड्का र स्मित पटेलले २-२ विकेट लिए। करण केसीले १ विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।