पोखरा- पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत विराटनगर टाइटन्सले चितवन राइनोजलाई १ सय ४६ रनको लक्ष्य दिएको छ।
_x000D__x000D_
पोखरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४५ रन बनायो।
_x000D__x000D_
विराटनगरका लागि ओपनर मोहमद जाइद अलामले अर्धशतक प्रहार गरे। उनले आउट हुनुअघि ४७ बलमा ५३ रन जोडे। उनले ६ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर सुनील धमलाले ४७ रनको योगदान गरे। उनले ४४ बलमा ७ चौका प्रहार गरे। जाइद र धमलाबीच पहिलो विकेटका लागि ८७ रनको साझेदारी भएको थियो।
_x000D__x000D_
त्यसपछि भने विराटनगरको ब्याटिङ राम्रो हुन सकेन। प्रदीप ऐरी ११ रन, एन्ड्रिउ सुभिक्षण ४ रन र राजु रिजाल ६ रनमा आउट भए। राजेश पुलामी मगर ३ बलमा नटआउट ८ रन र पुष्प थापा ४ बलमा ११ रनमा नटआउट रहे।
_x000D__x000D_
बलिङमा चितवनका कप्तान पारस खड्का र स्मित पटेलले २-२ विकेट लिए। करण केसीले १ विकेट हात पारे।
_x000D__x000D_
यसअघि पोखरा पल्टन र हुलास काठमाडौं रोयल्स दोस्रो चरणमा प्रवेश गरेका छन्।
_x000D__x000D_
शनिबार पोखरा क्रिकेट मैदानमा भएको खेलमा पोखराले काठमाडौंलाई ४ विकेटले पराजित गर्दै दोस्रो चरणमा स्थान पक्का गरेको हो। यता हारका बावजुद काठमाडौंले पनि दोस्रो चरणमा स्थान बनाउन सफल भयो।
_x000D__x000D_
यता पोखराको जितसँगै विराटनगर टाइटन्स र बुलवल ब्लास्टर्स भने बाहिरिएका छन्। अहिले जारी चितवन राइनोज र विराटनगरको खेलपछि दोस्रो चरणमा पुग्ने एक टिमको टुंगो लाग्नेछ। विराटनगरले जित हात पारे एक्स्पर्ट धनगढी ब्लुज दोस्रो चरणमा पुग्नेछ। विराटनगर पराजित भएमा चितवन दोस्रो चरणमा प्रवेश गर्नेछ भने धनगढी बाहिरिनेछ।
_x000D__x000D_
समूहको शीर्ष टिम सिधै फाइनलमा पुग्नेछ। दोस्रो र तेस्रो हुने टिमले एलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन्। विजेता टिम फाइनलमा पुग्नेछन्। समूहका पुछारका ३ टिम भने बाहिरिनेछन्।
_x000D__x000D_
समूह चरणको अन्तिम खेलअघिको ंअंक तालिका
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।