पिपिएल : पोखरा र काठमाडौं दोस्रो चरणमा, विराटनगर र बुटवल बाहिरिए

Nepal Live

तस्बिर : हुलास काठमाडौं रोयल्स


पोखरा- पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत पोखरा पल्टन र हुलास काठमाडौं रोयल्स दोस्रो चरणमा प्रवेश गरेका छन्।

शनिबार पोखरा क्रिकेट मैदानमा भएको खेलमा पोखराले काठमाडौंलाई ४ विकेटले पराजित गर्दै दोस्रो चरणमा स्थान पक्का गरेको हो। यता हारका बावजुद काठमाडौंले पनि दोस्रो चरणमा स्थान बनाउन सफल भयो। 

यता पोखराको जितसँगै विराटनगर टाइटन्स र बुलवल ब्लास्टर्स भने बाहिरिएका छन्। अहिले जारी चितवन राइनोज र विराटनगरको खेलपछि दोस्रो चरणमा पुग्ने एक टिमको टुंगो लाग्नेछ। विराटनगरले जित हात पारे एक्स्पर्ट धनगढी ब्लुज दोस्रो चरणमा पुग्नेछ। विराटनगर पराजित भएमा चितवन दोस्रो चरणमा प्रवेश गर्नेछ भने धनगढी बाहिरिनेछ। 

समूहको शीर्ष टिम सिधै फाइनलमा पुग्नेछ। दोस्रो र तेस्रो हुने टिमले एलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन्। विजेता टिम फाइनलमा पुग्नेछन्। समूहका पुछारका ३ टिम भने बाहिरिनेछन्। 

समूह चरणको अन्तिम खेलअघिको ंअंक तालिका

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार