पोखरा- पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत पोखरा पल्टन दोस्रो चरणमा पुगेको छ। शनिबार पोखरा रंगशालामा भएको समूह चरणको आफ्नो अन्तिम खेलमा हुलास काठमाडौं रोयल्सलाई ४ विकेटले पराजित गर्दै पोखराले दोस्रो चरणमा स्थान पक्का गरेको हो।
_x000D__x000D_
जितसँगै पोखराले ५ खेलबाट ६ अंक जोडेको छ। पोखरासँग रनरेटमा पछि परेका काठमाडौं र एक्स्पर्ट धनगढी ब्लुजको पनि समान ६-६ अंक छ। अब समूह चरणको अन्तिम खेलमा चितवन राइनोज र विराटनगर टाइटन्सबीच खेल हुनेछ।
_x000D__x000D_
यता हारे पनि काठमाडौं दोस्रो चरणमा पुगेको छ। अब चितवनले जित हात पारे दोस्रो चरणमा पुग्नेछ। हार बेहोरेको खण्डमा भने धनगढीको भाग्य खुल्नेछ।
_x000D__x000D_
यता बुटवल ब्लास्टर्स र विराटनगर टाइटन्स भने पहिलो चरणबाट बाहिरिएका छन्।
_x000D__x000D_
लिगको शीर्ष टिम सिधै फाइनलमा पुग्नेछ। दोस्रो र तेस्रो हुने टिम इलिमिनेटका लागि प्रतिस्पर्धा गर्नेछन् भने पुछारका ३ टिम बाहिरिने नियम छ।
_x000D__x000D_
_x000D__x000D_
शनिबार १ सय ४ रनको कमजोर लक्ष्य पोखराले १५.५ ओभरमा ६ विकेटको क्षतिमा पार गर्यो।
_x000D__x000D_
पोखराका लागि मोहमद नावेदले सबैभन्दा बढी ३६ रन जोडे। उनले अमरसिंह राउटेलको बलमा आउट हुनुअघि लगातार ३ छक्का हिर्काएका थिए। नावेदले १५ बलमा ५ छक्का हिर्काए। रोहित कुमार पौडेल १५ रनमा नटआउट रहे।
_x000D__x000D_
ओपनरद्वय कुशल भुर्तेलले १४ रन र आसिफ शेखले १६ रन जोडे। रवि इन्दर सिंह २२ रनमा आउट भए भने विनोद भण्डारीले खाता नै खोल्न सकेनन्।
_x000D__x000D_
बलिङमा काठमाडौंका अमरसिंह रटेउलाले ३ विकेट लिए।
_x000D__x000D_
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं १९.१ ओभरमा १ सय ३ रनमै अलआउट भयो।
_x000D__x000D_
काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले सबैन्दा बढी ३१ रन जोडे। उनले २८ बलमा ३ चौका र १ छक्का प्रहार गरे। बसन्त रेग्मीले नटआउट १९ रन बटुले। बसन्तले १२ बलमा १ चौका र २ छक्का प्रहार गरेर काठमाडौंकाो इनिङ उकासेका थिए।
_x000D__x000D_
कमजोर ब्याटिङ गरेको काठमाडौंका ओपनर जयकिशन कोल्सावाला खाता नै नखोली पेलिभियन फर्काए। लगत्तै मैदान आएका गौरव तोमार डकआउट भए। दुवैलाई पोखराका मोहमद नावेदले पेभिलियनको बाटो देखाए।
_x000D__x000D_
त्यसपछि ओपनर अमित श्रेष्ठ १७ बलमा २१ रन बनाएर आउट भए। उनले ३ चौका र १ छक्का हिर्काए। पवन सर्राफले १२ रन भन्दा बढी जोड्न सकेनन्। नरेश बुढाऐर ६ रन, आदिल खान ७ रन, अमरसिंह रटेउला १ रनमा आउट भए। सुसन भारी र नन्दन यादवले खाता खोल्न सकेनन्।
_x000D__x000D_
बलिङमा पोखराका स्पिनर ललितनारायण राजवंशीले ३ विकेट लिए। उनलेे ४ ओभरमा १८ रन खर्चिए। मोहमद नावेद र रासिद खानले २-२ विकेट हात पारे। १ विकेट विक्रम यादवको नाममा रह्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।