पेरिस- फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले इंग्लिस क्लब टोटनह्यामको ५८ वर्ष पुरानो रेकर्ड भंग गरेको छ। पिएसजीले फ्रेन्च लिगमा वानमा लगातार १२ खेल जित्दै नयाँ कीर्तिमान बनाएको हो।
_x000D__x000D_
यसअघि युरोपियन लिगको सुरुवाती खेलमा लगातार जित हात पार्ने कीर्तिमान इंग्लिस क्लब टोटनह्यामको नाममा थियो। टोटनह्यामले सन् १९६०-६१ को सिजनको सुरुवाती ११ खेलमा जित हात पारेको थियो।
_x000D__x000D_
जारी सिजनमा १२औं जित हात पार्ने क्रममा पिएसजीले शुक्रबार राति लिलेलाई २-१ गोलले पराजित गर्यो। पिएसजीका लागि केलियन एमबाप्पेले खेलको ७०औं मिनेटमा पहिलो गोल गरे। एबबाप्पेको जारी सिजनमा यो १३औं गोल हो।
_x000D__x000D_
पिएसजीका लागि नेइमारले खेलको ८४औं मिनेटमा दोस्रो गोल गरे। लिलेका निकोलास पेपेले दोस्रो हाफको इन्जुरी टाइममा गोल गरे पनि सान्त्वनामै सीमित बन्यो।
_x000D__x000D_
जितसँगै पिएसजी १२ खेलबाट ३६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ। दोस्रो स्थानको लिलेको २५ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।