काठमाडौं– बलिउड अभिनेता शाहरुख खानको प्रतिक्षित फिल्म ‘जिरो’को ट्रेलर सार्वजनिक भएको छ। शाहरुखको ५३ औं जन्मदिनको अवसरमा फिल्मको ट्रेलर सार्वजनिक भएको हो।
_x000D__x000D_
आनन्द एल रायको निर्देशन रहेको फिल्ममा शाहरुखको पुड्के भूमिका देख्न सकिन्छ। जहाँ शाहरुख बउआ सिंहको भूमिकामा देखिएका हुन्। करिब १ सय ८० करोड भन्दा बढी लगानीमा निमार्ण भएको फिल्म 'जिरो' आउँदो २१ डिसेम्बरबाट प्रर्दशनमा आउने छ।
_x000D__x000D_
फिल्ममा शाहरुखका साथमा अनुष्का शर्मा, कट्रिना कैफ लगायतको अभियन रहेको छ। जहाँ अनुष्का र कट्रिनालाई समेत फरक भूमिकामा प्रस्तुत गराइएको छ। फिल्ममा अभिनेता सलमान खान पनि अतिथि भूमिकामा छन्।
_x000D__x000D_
३ मिनेट १४ सेकेण्डलामो ट्रेलरमा अभिनेता शाहरुखको नौलो रुप प्रस्तुत छ। शाहरुखको नयाँ रुप तयार गर्न फिल्म युनिटले ठूलो लगानी खर्चिनु परेको अन्तराष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ।
_x000D__x000D_
फिल्मको ट्रेलर भिडियो :
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।