काठमाडौं- नेपाली कांग्रेसद्वारा आयोजित चियापानमा शीर्ष तहका दुई नेताले लगातार चार घन्टा आगन्तुकलाई स्वागत गरे। पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले लगातार चार घन्टासम्म नमस्कार फर्काइरहे।
_x000D__x000D_
_x000D__x000D_
४१ वर्षअघिदेखि तत्कालीन नेता विश्वेश्वरप्रसाद कोइरालाले सुरुवात गरेको चियापान नेपाली कांग्रेसले निरन्तरता दिइरहेको छ। कोजाग्रत पुर्णिमाका दिन गर्दै आएको चियापान कांग्रेस नेता चक्र बास्तोलाको निधनको कारण दस दिनपछि सारिएको हो।
_x000D__x000D_
_x000D__x000D_
पार्टीका नेता कार्यकर्ता, सर्वसाधारण, सत्तारुढ दलका नेता, उच्च पदस्थ व्यक्तिहरु तथा कुटनीतिक नियोगका प्रमूख पनि जलपानमा उपस्थित हुने भएकाले दलहरुले चियापानलाई महत्व दिँदै आइरहेको छन्।
_x000D__x000D_
_x000D__x000D_
नेपाली कांग्रेसले चियापान कार्यक्रम व्यवस्थित र सभ्य बनाउने प्रयास गरेको थियो। केही दिन पहिले सत्तारुढ दल नेकपाले गरेको चियापानभन्दा धेरै व्यवस्थित देखिन्थ्यो कांग्रेसको चियापान। लामो लाइनमा बसेका नेता, कार्यकर्ता तथा आगन्तुकलाई स्वागत कांग्रेसका शीर्ष नेता लामै समयसम्म खटिए।
_x000D__x000D_
_x000D__x000D_
स्वागतका लागि सानेपाको रिङरोडमा मुख्य प्रवेशद्वार बनाइएको थियो। प्रवेशद्धारसँगै कार्यकर्ता पनि आगन्तुकहरुलाई स्वागत गर्न खटेका थिए। कार्यक्रमस्थलको मुख्य मञ्चको आसपास केन्द्रीय स्तरका नेताले आगन्तुक/पाहुनाहरुलाई स्वागत गरेका थिए भने मञ्चको पहिलो ‘रो’मा रहेर चार शीर्ष नेताले शुभकामनाका साथै स्वागत पनि गरेका थिए।
_x000D__x000D_
अघिल्लो ‘रो’मा बसेनन् शशांक
_x000D_पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधी र सह महामन्त्री डा प्रकाशशरण महत कार्यक्रम सुरु भएदेखि अन्त्यसम्म उभिएर आगन्तुकलाई स्वागत गरेका थिए।
_x000D__x000D_
_x000D__x000D_
तर, १३औं महाधिवेसनबाट निर्वाचित महामन्त्री बनेका डा शशांक कोइराला भने अघिल्लो 'रो'मा उभिएनन्। कोषाध्यक्ष सितादेवी यादव पनि अघिल्लो स्थानमा बसिनन्। कोइरालाका साथमा तेश्रो धारका नेता कृष्ण सिटौला र अर्का नेता प्रकाशमान सिंह मञ्चको सोफामा बसिरहे।
_x000D__x000D_
को-को आए?
_x000D_नेकपाको चियापानमा उपस्थित नभएका भारतीय राजदूत मञ्जीव सिंह पुरी कांग्रेसको चियापानमा पुगेका थिए। सत्तारुढ दलबाट नेकपा अध्यक्ष प्रचण्ड, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेताहरु झलनाथ खनाल, वामदेव गौतम, पम्फा भुषाल चियापानमा सहभागी भएका थिए। प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली भने त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेकाले नसकेनन्।
_x000D__x000D_
_x000D__x000D_
प्रमुख प्रतिपक्षी दल कांग्रेसको चियापनमा सरकारका मन्त्रीहरुको समेत उपस्थिति थियो। गृहमन्त्री रामबहादुर थापा र पर्यटनमन्त्री रवीन्द्र अधिकारी चियापानमा सहभागी थिए।
_x000D__x000D_
_x000D__x000D_
कार्तिक १० गते नेकपाको चियापानमा नदेखिएका मधेसी दलका नेताले पनि कांग्रेसको निम्तो स्वीकार गरी सानेपा पुगेका थिए। राजपा अध्यक्ष मण्डलका महन्थ ठाकुर र शरदसिंह भण्डारी, अनिल झा र अर्का नेता मनिष सुमन चियापानमा पुगेका थिए।
_x000D__x000D_
_x000D__x000D_
कसले के भने?
_x000D_कांग्रेसको चियापानमा मुख्य आर्कषण चाँहि नेकपा अध्यक्ष प्रचण्ड बनेका थिए। प्रचण्डले पार्टीहरु बीचको सहकार्यमा जोड दिए। उनले शान्ति प्रक्रिया, संविधान निर्माण लगायतका महत्त्वपूर्ण उपलब्धिहरू दलहरूको एकताबाट सम्भव भएको स्मरण गर्दै अब पनि दलहरू र आम बुद्धिजीवीको एकताबाट मुलुकले खोजेको विकास र समृद्धि हासिल गर्न सकिने बताए। शान्ति प्रक्रियाको क्रममा नेपाली कांग्रेसका सभापति गिरीजा प्रसाद कोइरालाको योगदानको स्मरण गरे।
_x000D__x000D_
_x000D__x000D_
नेकपाका अर्का नेता झलनाथ खनालले प्रतिपक्षी दललाई सानेपा नै आएर भेटेको प्रतिक्रिया दिए। 'जनताले सत्तापक्षलाई खोजेका छन् नि' भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले केही बेर सोचेर भने ‘एमाले र माओवादीको एकीकरण प्रक्रिया टुंगिएसँगै सरकार देखिन्छ। जनताले सरकारको महसुस गर्न पाउनेछन्।’
_x000D__x000D_
_x000D__x000D_
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेलले पर्वका अवसरमा आयोजित चियापानले सौहार्दता बढाउने प्रतिक्रिया दिए। राजपा नेता शरदसिंह भण्डारीले निषेधको राजनीति अझै पनि जारी नै रहेको बताए।
_x000D__x000D_
कांग्रेस सभापति देउवाले राष्ट्रिय एकता सत्तारुढ दलमा निर्भर हुने बताए। वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले सबै पार्टीलाई साथमा लिएर अघि बढ्न सकोस् भन्ने शुभकामना व्यक्त गरे।
_x000D__x000D_
भिडियाे :
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।