अब एसपी प्रद्युम्नले हरेक अनुसन्धान भन्दा पहिले ‘कुछ तो गडबड है दया (केही त गडबड छ दया)’ बोलेको देखिने छैन। अब दयाले लात्तीले हानेर ढोका फुटाउने छैनन्। किनकि, भारतीय टिभी सोनी च्यानलमा प्रशारण हुने धाराबाहिक सो ‘सिआइडी’ बन्द भएको छ। २१ वर्षदेखि लोकप्रिय बन्दै आएको उक्त सो बन्द हुन लागेको हो।
_x000D__x000D_
सन् १९९७ मा पहिलोपटक सोनी च्यानलमा प्रशारित यो धारिबाहिक सो भन्दा अगाडि धेरै क्राइम सो आए, तर बिपी सिंह निर्देशित ‘सिआइडी’ सर्वाधिक लोकप्रिय क्राइम सो बन्न पुग्यो।
_x000D__x000D_
किन सो बन्द गरियो? यसको अनुसन्धान कसले गर्छ? केही त गडबड पक्कै छ।
_x000D__x000D_
सोमा सिनियर इन्सिपेक्टरको भूमिका निर्वाह गर्ने दयानन्द शेठ्ठीले बीबीसी हिन्दीसँग हालै विशेष कुराकानी गरेका छन्। सो बन्द गर्न कसको हात छ भन्ने कुरा उनले खोलेका छन्।
_x000D__x000D_
सोे बन्द गर्ने कुरा निर्माताले घोषणा गरिसकेका छन्। शेठ्ठीका अनुसार दुई वर्षअघि नै बन्द गर्ने कुरा चलेको थियो। उनले भनेका छन्, ‘सोनी च्यानल यसलाई बन्द गर्न दुई वर्षदेखि लागेको थियो। तर, च्यानलका मालिक शो बन्द गर्नुको अपजस लिन चाहँदैनथे। त्यसैले निर्माता आफैंले बन्द गरे।’
_x000D__x000D_
‘हाम्रो सो शुक्रबार शनिबार र आइतबार प्रशारण हुन्थ्यो। विस्तारै–विस्तारै सोनीले शुक्रबार प्रशारण गर्न रोक्यो । फेरि कहिलेकाँही शनिबार प्रशारण रोकिन्थ्यो त कहिले आइतबार,’ उनले खुलाए।
_x000D__x000D_
यसो गर्नुको कारण टिआरपी नआएको बताइन्थ्यो। तर दयानन्द यो कुरा मान्न तयार छैनन्। उनका अनुसार अरु सो भन्दा सिआइडीको राम्रो टिआरपी थियो।
_x000D__x000D_
दयानन्द भन्छन्, ‘सोनीले सोच्यो कि, सो अब बुढो भयो, बन्द गर्नुपर्छ। तर, अहिले पनि बालबालिकाले यो सो खुबै हेर्छन्। सो का धेरै फ्यान छन्।’
_x000D__x000D_
सोे बन्द भएको खबरपछि यसका फ्यानले ‘ह्यासट्याग सेभ सिआइडी’ अभियान चलाएका छन्। सुरुदेखि नै यो सो बालबालिको रहेको अहिले पनि उत्तिकै हेरिने सो रहेको दाबी दयानन्दको छ। उनले ७ वर्षका बालबालिकाले सिआइडीका पुराना एपिसोड खोजी–खोजी हेर्ने गरेको भेटेको उल्लेख गरेका छन्।
_x000D__x000D_
बालबालिकाबीच लोकप्रिय यो सो २१ वर्षको भइसकेको थियो। यसकारण च्यानललाई यो सो पुरानो भएको लाग्न थालेको थियो।
_x000D__x000D_
दयानन्द सबैभन्दा धेरै सेटमा सबै बसेर खाना खाएको ‘मिस’ गर्नेछन्। उनी सिआइडीको ठूलो परिवार रहेको बताउँछन्। ‘सिआइडी अफ एयर’ भएपनि परिवार उस्तै बनिरहने अपेक्षा उनको छ।
_x000D__x000D_
जब उनलाई सोधियो, सिआइडी फेरि आउला त? उनले मुस्किल रहेको जवाफ दिए। ‘आएपनि सोनी च्यानलमा आउने छैन। कुनै अर्को नामबाट र फरक तरिकाले ‘वेब सिरिज’ आउन सक्छ’ उनले भने। तर, अहिले नै पक्का गर्न नसकिने उनले बताए।
_x000D__x000D_
उनले भने, ‘शोका क्रियटिभ टिम र निर्माताबीच कुरा भइरहेको छ।’
_x000D_–बीबीसी हिन्दीबाट
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।