काठमाडौं- २०७३ मा प्रदर्शनमा आएको फिल्म ‘वीर विक्रम’को नेम सिक्वेल फिल्म ‘वीर विक्रम-२’ निमार्ण हुने भएको छ। बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी निमार्ण युनिटले फिल्मको औपचारिक निर्माण घोषणा गरेको हो।
_x000D__x000D_
चाम्स इन्टरटेन्मेन्ट तथा लन्डन सिने आई प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मलाई ‘वीर विक्रम’कै निर्देशक मिलन चाम्सले निर्देशन गर्नेछन्। प्रदीप भारद्धावजको लेखन रहेको फिल्ममा मुख्य कलाकारका रुपमा अभिनेता अकाश श्रेष्ठ, नाजिर हुसेन र अभिनेत्री वर्षा सिवाकोटी रहने छन्।
_x000D__x000D_
फिल्मको पहिलो सिक्वेलमा अभिनेता दयाहाङ राई, अनुप विक्रम शाही, नाजिर हुसेन, दिया पुनलगायतको मुख्य अभिनय रहेको थियो। नयाँ फिल्ममा भने नाजिर बाहेक अन्य कलाकार दोहोरिएका छैनन्। ‘फिल्मको नाम मात्र सिक्वेल भएको र फिल्मको कन्सेप्ट तथा कथावस्तु नयाँ भएकाले कलाकार पनि नयाँ नै लिएको हो’ कार्यक्रममा बोल्दै निर्देशक चाम्सले प्रष्ट पारे।
_x000D__x000D_
कार्यक्रममा प्रमुख अतिथिका रहेका चलचित्र विकास वोर्डका पूर्व अध्यक्ष राजकुमार राईले फिल्म सफलताका लागि शुभकामना दिए।
_x000D__x000D_
_x000D__x000D_
आगामी बर्षको पहिलो दिन नै प्रदर्शनको लक्ष्य राखिएको फिल्म कात्तिक २६ बाट छायांकन गर्ने समय तालिका रहेको निर्माण युनिटले जानकारी दिएको छ। फिल्ममा बुद्धि तामाङ, शिशिर राणा, क्षितिज सुवेदी, नव-कालकार विनिसा भण्डारी, मनिष लिम्बूलगायतको अभिनय रहने छ।
_x000D__x000D_
फिल्ममा रंजित गजमेर, राजनराज शिवाकोटी, ताराप्रकाश लिम्बूको संगीत, राजेश पायल राई, राजनराज शिवाकोटी, मेलिना राई, दीपा लामा, मेमोरी लावती, ताराप्रकाश लिम्बूको गायन तथा तुलसी घिमिरे, कुशुम गजमेर, नरेश भट्टराईको शब्द रहने छ।
_x000D__x000D_
सुदीप बरालको छायांकन रहने फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व निर्देशन रहने फिल्म श्रीराम बालाजी फिल्मस्ले वितरण गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।