डडेल्धुरा– बहुविवाहको आरोपमा फरार रहेका दुई अभियुक्तलाई प्रहरीले दुई वर्षपछि पक्राउ गरेको छ।
_x000D__x000D_
जिल्ला अदालतबाट २०७३ वैशाख १८ गते २/२ वर्ष कैद र १०/१० हजार जरिवाना फैसला गरेलगत्तै हालसम्म फरार रहेका अभियुक्तलाई मंगलबार पक्राउ गरेका हो।
_x000D__x000D_
पक्राउ पर्नेमा जिल्लाको आलिताल गाउँपालिका–१ बस्ने विक्रम बोगटी र सोही ठाउँकी सरु भनिने सुसिला बोगटी रहेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
_x000D__x000D_
मंगलबार पक्राउ परेका दुवै जनालाई बुधबार डडेल्धुरा जिल्ला अदालतमा बुझाइएको र अदालतले दुवैलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले नेपाल लाइभलाई जानकारी दिए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।