दैनिक १० मिनेटको हल्का व्यायामले मष्तिष्कलाई तन्दुरुस्त बनाउने एक अध्ययनबाट पत्ता लागेको छ। यसले मष्तिष्कको विभिन्न भागलाई सञ्चार गराई समन्वय गरेर स्मृति प्रक्रियामा सुधार गर्छ।
_x000D__x000D_
एक न्युरोलोजिकल अध्ययनका अनुसार आफ्नो मष्तिष्क स्वस्थ राख्न लामो तथा तिव्र व्यायामको आवश्यकता पर्दैन र त्यसको असर हामीले सोचेभन्दा धेरै पर्ने देखिन्छ।
_x000D__x000D_
व्यायामले हाम्रो दिमाग र मष्तिष्कलाई परिवर्तन गर्छ। विभिन्न नतिजाले यसको पुष्टि भइरहेको छ।
_x000D__x000D_
मुसाहरुमा गरिएको अध्ययन अनुसार जनावर जब पांग्रा वा टे«डमिलमा कुद्छन् व्यायाम नगरेको भन्दा पनि धेरै मष्तिष्क कोषिका विकास हुन्छन्।
_x000D__x000D_
धेरै नयाँ कोषिका हिप्पोक्याम्पसमा विभाजन हुन्छन्। हिप्पोक्याम्पस भनेको मष्तिष्कमा रहेको एक भाग हो जुन स्मृति निर्माण र भण्डारणको लागि आवश्यक हुन्छ।
_x000D__x000D_
त्यसैगरी क्रियाशील जनावरहरु सिकाइ र स्मृतिमा पनि राम्रो प्रदर्शन गर्दछन्। विभिन्न अघिल्लो अध्ययनले पनि जो नियमित व्यायाम गर्छन् उनीहरुको हिप्पोक्याम्पस स्वस्थ्य र फराकिलो भएको देखाएका छन्। विभिन्न अध्ययरुले हामीले केही नगर्दा र एक छिनको व्यायामले फरक पार्ने बताएका छन्।
_x000D__x000D_
हल्का व्यायामले एकाग्र र राम्रो सिकाइको लागि मद्दत गर्ने देखाएका छन्। एउटै सजिलो व्यायामले पनि मष्तिष्कलाई परिवर्तन गर्न सक्छ।
_x000D__x000D_
युनिर्भसिटी अफ क्यालिफोर्निया र युनिर्भसिटी अफ सुकोबा जापानको प्रोसेडिंग्स अफ द नेसनल एकडेमी अफ साइसेन्जले सेप्टेम्बरमा स्वस्थ्य विद्यार्थीहरुलाई एउटा समूहमा राख्यो।। जो नियमित कलेज आउँछन्, उनीहरुलाई समूहमा राखिएको थियो।
_x000D__x000D_
वैज्ञानिकहरुले ३६ जना विद्यार्थीलाई प्रयोगशालामा स्थिर साइकलमा १० मिनेट बस्न लगाए र अर्को चोटी विस्तारै साइकलको प्याडेल हान्न लगाए। प्रत्येक स्वयंसेवकको अधिकतम हृदय दरको ३० प्रतिशत व्यायाम गराइएको थियो। व्यायाम एकदम सजिलो थियो।
_x000D__x000D_
व्यायाम छोटो केवल १० मिनेटका लागि मात्र थियो। त्यो दुईवटा सेसनका बीचमा विद्यार्थीलाई विभिन्न चित्र तथा एउटै चित्र देखाउँदै कम्प्युटरमा स्मृति परीक्षण गरियो।
_x000D__x000D_
विद्यार्थीहरुले बटम थिचेर एउटै चित्र वा फरक चित्र देखेँ भनेर जनाउँथे। परीक्षण गाह्रो थियो किनकी धेरै चित्रहरु उस्तै उस्तै देखिन्थे। त्यसका लागि दिमाग छिटो छिटो चलाउनुपर्ने थियो कि चित्र एउटै हो कि नयाँ भनेर।
_x000D__x000D_
त्यसपछि अर्को चरणमा यस्तै परीक्षण गरियो। एउटा बाइक चलाउने र अर्को बस्ने मात्र। अनि स्मृति परीक्षण पनि गरियो। यसमा चाहिँ मष्तिष्क परीक्षणका लागि एमआरआई मेसिन प्रयोग गरियो। त्यसपछि अध्ययनकर्ताहरुले नतिजा तुलना गरे। जसले साइकल चलाएका थिए, उनीहरुको स्मृति राम्रो भएको पाइयो। व्यायाम गरेका व्यक्तिहरुको स्मृति राम्रो पाइयो।
_x000D__x000D_
यस अध्ययनका सिनियर लेखक माइकल यसा भन्छन् त्यति छोटो समयमा गरिएको हल्का व्यायामले पनि यत्ति छिटो प्रभाव पार्ने रहेछ छक्क प¥याँै। उनी भन्छन् अध्ययनले के देखायो भने हल्का व्यायामले मान्छेको मष्तिष्क र दिमागलाई एकैछिनमा परिवर्तन गर्ने रहेछ। १ हप्ते लामो व्यायाम नै जरुरी हुनुपर्ने भन्ने भएन।
_x000D__x000D_
कसरी हल्का व्यायामले मष्तिष्क सञ्चालनमा प्रभाव पर्न गयो अझै थाहा भइसकेको छैन तर माइकल र उनका साथीहरुले के शंका गरेका छन् भने हार्मोन लेभल र रगतको प्रवाहमा परिवर्तन आउनाले त्यसो भएको हो।
_x000D__x000D_
उनीहरुले भविष्यमा यो विषयलाई अझै अध्ययन गरी युवा र वृद्धमा कस्तो असर पार्छ भनेर हेर्ने विश्वास लिएका छन्। उनले भने, ‘हामीले म्याराथनको कुरा गरेका होइनौं, मानिसले आफ्नो स्मृति राम्रो बनाउनका लागि छोटो समयको हिँडाइ तथा योगको कुनै सजिलो आसन प्रयोग गर्न सक्छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।