काठमाडाै- बिहान सबेरै उठेर मर्निङवाकमा निस्कने र पूजापाठका लागि मैतीदेवी मन्दिर आउने भक्तजनको भिड लाग्छ, नजिकैको चिया पसलमा।
_x000D__x000D_
यो भिड भर्खरैदेखि सुरु भएको भने होइन। तीन दशकभन्दा अघिदेखि भिड निरन्तर छ। चियाको स्वाद लगभग उस्तै छ तर ग्राहक कैयौं भेटिसके, चिया बाजेले। युवावस्थाका धेरै ग्राहक चिया बाजे अनादि र अनन्तजस्तो लाग्छ रे। नलागोस् पनि किन? थाहा पाएदेखि उनी चिया बेचेकै बेचेकै छन्। र, उनीहरुलाई लाग्छ अझै यो प्रक्रिया निरन्तर चलिरहन्छ।
_x000D__x000D_
उमेरले ८० पुग्न लागेका चिया बाजे धेरै ग्राहकको रोजाइ पर्ने गरेका छन्। त्यही भएर उनको पसलमा चिया खान पुग्ने सबैजसो ग्राहक नियमित छन्। धेरैजसोलाई व्यक्तिगत रुपमा चिन्छन् पनि। वास्तविक नाम पञ्चलाल पाख्रिन भए पनि उनको वास्तविक नामले धेरै कम मानिसले मात्र चिन्छन्। तर चिया बाजे नचिन्ने वरपरका मानिस कम छन्।
_x000D__x000D_
१९९८ सालमा सर्लाहीको हरिवनमा जन्मिएका पाख्रिन २०४५ सालमा परिवारसहित काठमाडौं पसे। मइतीदेवी आसपासमा डेरा गरी बसे। केही समय मैतीदेवीमा रहेको साथीको कोठामा बसे। मैतीदेवी मन्दिर नजिकै लिएको डेराको भाडा मात्र ३ सय थियो।
_x000D__x000D_
आफू मात्र भए जसोतसो पालिन्थे होला तर श्रीमती पनि साथमै थिइन्। पेट पाल्न कुनै न कुनै काम त गर्नै पर्ने थियो। हातमा कुनै सीप थिएन। ज्यामी काम खोज्ने अठोट गरे उनले। कहिले काम पाइने कहिले खाली बस्नुपर्ने। यतिकैमा एक वर्ष बित्यो।
_x000D__x000D_
एक वर्षपछि उनलाई मैतीदेवी मन्दिर गुठीले चिया पकाएर भक्तजनलाई खुवाउन, भक्तजनको जुत्ता चप्पल रेखदेख गर्न र पूजापाठका लागि आवश्यक सामग्री राखेर बेच्न आग्रह गर्यो। काम केही थिएन। काम नभएको बेला काम पाइएको भन्दै दाँयाबाँया नसोची पाख्रिनले सो प्रस्ताव तत्काल स्वीकारे। मन्दिर गुठिले २ हजार रुपैयाँ दिएर काम तत्काल सुरु गर्न गुठीले आग्रह गर्यो। देशमा प्रजातन्त्रको पुनर्बहाली भएकै वर्ष २०४६ सालबाट चिया पकाउने र मन्दिर आउने भक्तलाई दिन थाले। अहिले पनि उनको सोही काम निरन्तर चलिरहेकै छ। भक्तलाई सेवा दिन प्रयासरत छन् उनी। अब त उनका लागि चिया बेच्नु पनि लत जस्तो लाग्न थालिसकेको छ।
_x000D__x000D_
एक कप चियाको २ रुपैयाँ लिन्थे उतिबेला। अहिले एक कप चियाको मुल्य २० रुपैयाँ पुग्यो। उही दूध, उही चियापत्ति। उनलाई आफैंले बेच्ने चियाको मूल्य पनि चित्त बुझेको रहेनछ। ‘सरकारले महंगी नियन्त्रण गर्दैन। व्यापारीले पनि आफूखुसी मूल्य तोक्छन्। एक कप चियाको २० रुपैयाँ! तर के गर्ने बाध्यता छ। २० को नोट बोकेर बजार जाँदा केही पनि आउँदैन।’
_x000D__x000D_
_x000D__x000D_
समय अत्यन्त तीव्र गतिमा परिवर्तन भएको लाग्छ पाख्रिनलाई। ‘म २० वर्षको हुँदा म र श्रीमती मात्र थियौ। अहिले ६ जनाको परिवार छ। कति चाँडो परिवर्तन!’ तीन छोरा, एक छोरी, एक नातिका आभिभावक बनेका पाख्रिन परिवार पाल्ने माध्यम चिया पसल मात्रै हो।। ‘माईलो छोरो विदेशमा भएकाले कहिलेकाँही सहयोग गर्छ उसले’।
_x000D__x000D_
उमेरले जीवनको उत्तरार्ध पुगीसकेका उनलाई धेरैले अब कामको बोझ कम लिन सुझाव दिन्छन्। सकेको काम सकुन्जेल गरिरहनु जस्तो लाग्छ उनलाई। ‘काम नगर्दा झन् तनाव हुन्छ नि! यति काम गर्दागर्दै एकैपटक काम गर्न छोड्दा गाह्रो हुन्छ तर अब निकै बुढो भएँ। धेरै सयम यसरी काम गर्न सक्दिन होला,’ उनले भने।
_x000D__x000D_
श्रीमती रनमाया लोप्चनको ठूलो सहयोग छ उनलाई। हुन त उनको उमेर अलि कम नै छ। उमेरले ३२ वर्ष कान्छी श्रीमती भएपनि परिपक्वतामा कुनै कमी थिएन त्यो बेला पनि। सधैं हरतरहले सहयोग गरिरहन्छिन्।
_x000D__x000D_
एक छोरीको विवाह भइसक्यो। दुई छोरा साथमा छन्। माइला विदेशमा। वृद्ध बुबाको संघर्ष देख्दा उनीहरुलाई खुशी र दुख दुबै लाग्छ। खुशी यस अर्थमा कि बुबा अझै स्वस्थ हुुनुहुन्छ। धेरैका बुबालाई यो उमेरमा उपचार गर्न लिएर हिड्नुपर्छ तर बुबा अझै परिवारको मुख्य आम्दानीकर्ता हुनुहुन्छ। तर यो उमेरमा पनि बुबालाई काम गर्नबाट फुर्सद दिन सकिएन भनेर।
_x000D__x000D_
७७ वर्षीय वृद्ध श्रीमान्को संघर्षमय जीवन देखि खुशी छिन्। ‘उहाँको संघर्षकै कारण परिवारको गुजारा चलेको छ। यसरी संघर्ष नगरेको भए हामीलाई साधारण रुपमा जीउन गाह्रो हुन्थ्यो। उहाँको संघर्षले काम गर्न प्रेरित गर्छ। स–परिवार खुशी नै छौं,’ श्रीमतीले भनिन्।
_x000D__x000D_
गाडी चढ्दैनन् पाख्रिन
_x000D_प्रविधिको विकासँगै पैदल हिँड्ने यात्रुको संख्यामा कमी आउन थालेका छ। तर कमै मात्र गाडी चढ्ने पाख्रिन उपत्यकाका धेरै ठाउँसम्म हिडेरै पुग्छन्। आधुनिक युगले दिएको सवारीसाधन कहिल्यै पनि नचढ्ने उनी सर्लाहीस्थित जन्मघर पनि पैदलै पुग्छन्। तीन दिनको पैद यात्रामा पुग्छन् आफ्नो जन्मथलो।
_x000D__x000D_
‘यात्रा गर्दा झोलामा तीन केजी चिउरा र दही बोकेर हिड्छु,’ उनले भने। उनी शारीरिक तथा मानसिक रुपमा उतिकै तन्दुरुस्त पाख्रिन घर जाँदा बास बस्ने घरमा कहिल्यै पनि पैसा तिर्नुपर्दैन। यात्रा गर्ने बाटोका सबै आफन्तजस्तै बनिसकेका छन्।
_x000D__x000D_
_x000D__x000D_
अनुहार हसिलो र शारीरिक रुपमा तन्दुरुस्त देखिएता पनि सौन्दर्यले उहिल्यै साथ छोडिसक्यो। दाँतले पनि उनालाई साथ छोडेको धेरै वर्ष भइसक्यो। मुखमा गिजा बाँकी छन्। तर संघर्ष गर्ने साहसमा भने कुनै कमी आएको छैन।
_x000D__x000D_
चिया पसलकै साहाराले जेठो छोरालाई परदेश पठाए। माईलो छोरालाई पनि परदेश पठाउने तरखरमा छन् उनी। ‘एउटालाई मात्र परदेश पठाउने, हामीलाई नपठाउने भन्छन्। गाह्रो पो छ त सबैको चित्त बुझाउन। ठूला भएका छोराछोरी, सबै आफैंले भनेजस्तो कहाँ हुन्छ र?’ आफैलाई उत्तर दिए उनले।
_x000D__x000D_
पाख्रिनको दैनिकी
_x000D_बिहान ४ बजेदेखि नै भक्तलाई चिया खुवाउन तल्लीन हुन्छन् पाख्रिन। चाडबाडको समय समयमा पनि उनी मन्दिरमा आउने भक्तलाई कुनै कमी हुन दिँदैनन्। सेवा चलिरहन्छ घडीको सुई जस्तै। चिया खुवाउँछन्। आवश्यक व्यवस्थापन गर्छन्। सक्दो सहयोग गरेरै ३० वर्ष काटिसके उनले।
_x000D__x000D_
हरेक दिन करीब २ सय भन्दा बढी चिया पिउन उनको पसलमा पुग्ने गर्छन्। नियमित आउने ग्राहकलाई चिन्छन् उनी सुखदुख पनि सोधीखोजी गर्छन्। चियाले नै अाफू र अाफ्नो परिवार पालेको बताएका पाख्रिनले ३० वर्षपहिले चिया बेच्ने निर्णय गरेकाेमा कुनै पछुतो छैन। 'यो ठाउँमा मलाई परिचित गराउने चिया नै हो,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।