काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष केन्द्रीय कार्यसमितिमा पदाधिकारी संख्या बढाउने यसअघिको तयारीबाट पछि फर्केको छ।
_x000D__x000D_
विधान मस्यौदा समितिले प्रारम्भिक रुपमा यसअघि तयार गरेको विधानमा १० सदस्यीय पदाधिकारी हुनेमा सबै पक्ष एकमत भएका थिए। संस्थापनइतर पक्षले सभापति बाहेकका अन्य पदाधिकारी
_x000D__x000D_
निर्वाचित हुनुपर्ने अडान लिएपछि संस्थापन पक्ष एकाएक आफ्नो पूर्व निर्णयबाट पछि हटेको छ।
_x000D__x000D_
प्रवक्तासहित सात सदस्यीय पदाधिकारी संख्यालाई बढाएर १० पुर्याउने यसअघिको निर्णयबाट पछि हटी संस्थापन पक्षले विद्यमान प्रावधानलाई कायम राख्न जोड दिएको छ।
_x000D__x000D_
असोजको दोस्रो साता तयार भएको प्रारम्भिक मस्यौदामा संस्थापन पक्षबाट एक सभापति, तीन उपसभापति, दुई महामन्त्री, तीन सहमहामन्त्री र एक कोषाध्यक्ष गरी १० सदस्यीय पदाधिकारी हुने मस्यौदामा उल्लेख गरेका थिए। विद्यमान प्रावधानमा सभापतिले उपसभापति, महामन्त्री र सहमहामन्त्री एक÷एक मनोनित गर्ने व्यवस्था छ।
_x000D__x000D_
विधान मस्यौदा समितिमा रहेका इतर समूहका सदस्यहरु संख्या बढाउन सहमत भए पनि सभापतिले मनोनित गर्ने अधिकारको विपक्षमा थिए। आइतबार बसेको मस्यौदा समितिको बैठकमा संस्थापन पक्षका सदस्यहरु पूर्वनिर्धारित संख्यालाई घटाउने पक्षमा देखिएका थिए।
_x000D__x000D_
सभापति शेरबहादुर देउवा नजिक रहेकी समिति सदस्य सीता गुरुङले पदाधिकारी १० जना नबनाउने जानकारी गराइन् ।
_x000D__x000D_
क्रियाशील सदस्यता हट्ने
_x000D_चार प्रकारको सदस्यता हुने यसअघिको प्रारम्भिक मस्यौदामा संसोधन गरी सदस्यता एक प्रकारको मात्रै हुने व्यवस्था गर्न लागिएको छ। साधारण, क्रियाशील, सम्मानित र विषेशगरी चार प्रकारका सदस्य हुने उल्लेख गरिएको थियो।
_x000D__x000D_
नेता कृष्णप्रसाद सिटौला नजिक रहेका समिति सदस्य प्रदीप पौडेलले सदस्यता एकै प्रकारको बनाउनुपर्नेमा जोड दिंदै आएका थिए। उनले सदस्यता प्राप्तिका लागि पार्टीमा झन्झटिलो व्यवस्था रहेको भन्दै सहज बनाउनुपर्ने बताउँदै आएका थिए।
_x000D__x000D_
संशोधित विधानमा ‘नेपाली कांग्रेसको सदस्य’ हुने उल्लेख गरिएको छ। एकै प्रकारको सदस्यता वितरण प्रक्रियाको लागि निरन्तर लडेको जनाउँदै पौडेलले खुसी व्यक्त गरे।
_x000D_क्रियाशील सदस्यता नेताहरुले आफुखुसी वितरण गरेको भन्दै पार्टीमा विरोध हुँदै आएको थियो। महाधिवेशनमा निर्वाचित हुनका लागि ‘गोजी सदस्य बनाउन’ क्रियाशील सदस्यता प्रावधानलाई दुरुपयोग गरेको बताइएको छ।
_x000D__x000D_
केन्द्रीय कार्यसमितिको संख्या विवाद कायमै
_x000D_नयाँ विधानमा केन्द्रीय कार्यसमिति एक सय बढी बनाउनेमा सहमति भए पनि एकिन भने हुन सकेको छैन। केन्द्रीय कार्यसमितिमा पदाधिकारीसहित १०१÷१२१÷१३१ को व्यवस्था गर्न सुझाइएको थियो। अर्को विकल्पमा १०३–१२३–१३३ समावेश गरिएको थियो।
_x000D__x000D_
पछिल्लो समय संस्थापन पक्षले १०१ को आसपासमा केन्द्रीय समिति हुनुपर्नेमा जोड दिएको छ। समिति सदस्य गुरुङले १०१ सदस्यीय केन्द्रीय कार्यसमिति बन्ने बताइन्। अर्का समिति सदस्य पौडेलले ११५ भन्दा बढीको केन्द्रीय कार्यसमिति बन्ने बताए।
_x000D__x000D_
आठ तहको संगठन हुने
_x000D_नेपाली कांग्रेसको संशोधित विधान संघीयताको मोडलअनुरुप संगठन हुने भएको छ। गाँउ÷टोल, वडा, गाँउपालिका–नगरपालिका, प्रदेश सभा, प्रतिनिधि सभा, जिल्ला कार्यसमिति, प्रादेशिक समिति र केन्द्रीय कार्यसमिति हुनेछ। कम्तीमा पाँच सय जनसंख्या रहेको क्षेत्रभित्र गाँउ÷टोल समिति गठन गर्ने उल्लेख छ।
_x000D__x000D_
महाधिवेशन प्रतिनिधिका लागि केन्द्रीय नेताहरु आफ्नो निर्वाचन क्षेत्रबाट अनिवार्य निर्वाचित हुनुपर्ने प्रावधान राख्न लागिएको छ।
_x000D__x000D_
विधानमा थप छलफल गर्नका लागि समितिको बैठक मंगलबार र बुधबार पनि बस्नेछ। १६ कात्तिकसम्ममा विधानले पूर्णता पाउने पौडेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।