दाङ– दाङमा चरिचरणका लागि राखिएकोे माैरीकाे घारमा अज्ञात समूहले विषादी हालिदिँदा लाखौंको क्षति भएको छ।
_x000D__x000D_
घोराही उपमहानगरपालिका–१२ कलमघारी स्थित तोरीबारीमा राखिएका मध्ये ४४ घार माहुरीको गोलामा अज्ञात व्यक्तिले विषादी हालिदिँदा २२ लाख रुपियाँ बराबरको क्षती भएको पीडितले बताएका छन्।
_x000D__x000D_
असोज २६ गते दाङ ल्याएर माहुरी छाडी दसैं मनाउन चितवन गएका किसानहरूको माहुरीको घारमा विषादी हालिदिएको खबर पाए लगत्तै दाङ आएको कृषक विकास नेपालले जानकारी दिए।
_x000D__x000D_
घटनाबारे स्थानीय प्रशासनलाई जानकारी गराउँदा चासो नदिएको नेपाल माहुरीपालक महासंघका वरिष्ठ उपाध्यक्ष दिपक श्रेष्ठले बताए। ‘हामीले विषादी हालेर माहुरी मरेको बारेमा जिल्ला प्रशासनलाई जानकारी गरायौँ। तर, यस विषयमा प्रशासनले खासै चासो दिएन,’ श्रेष्ठले भने।
_x000D__x000D_
_x000D__x000D_
तोरीमा हालिएको विषादीले एकैपटकमा यसरी माहुरी नमर्ने भएकाले घारमा नै विषादी हालिएको उनको दाबी छ।
_x000D__x000D_
दाङमा कार्तिक र मंसिर महिना मह उत्पादनका लागि उपयुक्त मौसम हो। यो समयमा तोरी र चिउरीको फूलबाट माहुरीले मह उत्पादन गर्ने गर्छन्।
_x000D__x000D_
तोरी र चिउरीको राम्रो उत्पादन हुने भएकाले यहाँ विभिन्न जिल्लाबाट माहुरी चरिचरणका लागि ल्याउने गरिएको छ। ‘दाङमा तोरी र चिउरीको उत्पादन राम्रो हुन्छ, त्यसैले पनि धेरै जिल्लाका किसानको रोजाइ दाङ हुने गरेको छ,’ उपाध्यक्ष श्रेष्ठले भने, ‘तर पटक पटक हुने यस्तो घटनाले किसानलाई दुखित बनाएको छ।’
_x000D__x000D_
यो समयमा ४ सयदेखि ५ सय टनसम्म मह उत्पादन हुने गरेको तथ्यांक छ। तर, उत्पादन लिने समयमा भएको यो घटनाले किसान चिन्तित बनेका छन्।
_x000D__x000D_
_x000D__x000D_
यसरी एकै पटकमा धेरै माहुरी मरेको दाङको यो चौथो घटना हो। यसभन्दा अघि ३ पटक ठूलो मात्रामा विषादीका कारण माहुरी मारिएका थिए।
_x000D__x000D_
२०५७ सालमा फुर्सेखालीमा, ०७२ सालमा बगालेमा र २०७४ सालमा रामपुरमा यसरी विषादी हालिदिएर माहुरी मारिदा लाखौंको क्षति भएको थियो।
_x000D__x000D_
विषादी राखिदिनेलाई कारबाही नहुँदा यस्ता घटना दोहोरिने गरेको नेपाल माहुरीपालक महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठको भनाइ छ।
_x000D__x000D_
_x000D__x000D_
साथै माहुरी पालक किसानलाई क्षतिपूर्ति दिन र विष हालिदिने अपराधीलाई कारबाही गर्न उनले माग समेत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।