दाङ– जुवा खेलिरहेको अवस्थामा नगदसहित ७ जुवाडे पक्राउ परेका छन्।
_x000D__x000D_
घोराही उपमहानगरपालिका वडा नं. ३ भैसिकुर स्थित शरद थापाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।
_x000D__x000D_
जुवाको खालबाट १ लाख ३५ हजार नगदसहित सात जना जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
_x000D__x000D_
गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको र मुद्दा चलाउने तयारी भइरहेको डिएसपी घर्तीले बताए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।