काठमाडौं– कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रभावशाली कार्य सम्पादन तथा अनुसन्धान नगरेको आरोप लाग्दै आएका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टले आज (बुधबार)सम्म स्पष्टीकरण दिइसक्नुपर्ने भएको छ।
_x000D__x000D_
१३ वर्षीया बालिका पन्तको हत्याको अनुसन्धानमा गम्भीर लापरबाही गरेको भन्दै बर्खास्त गर्नुअघि आफ्नो कुरा राख्न पाउने प्राकृतिक न्यायको सिद्धान्तअनुसार एसपी विष्ट र घटनाको प्रमाण नष्ट गरेको आरोप लाग्दै आएका कञ्चनपुरका तत्कालीन प्रहरी निरीक्षक जगदीश भट्टलाई स्पष्टीकरण सोधिएको हो। बर्खास्त गर्नका लागि भन्दै प्रहरी प्रधान कार्यालयले गृहसचिवलाई पत्र पठाएको थियो।
_x000D__x000D_
गृहले स्पष्टीकरण लिएर मन्त्रालयमा पेस गर्न प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको थियो। प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक भट्टलाई सोमबार स्पष्टीकरणको पत्र थमाएको थियो। पत्र पाएको २४ घन्टाभित्र लिखित जवाफ पठाउनुपर्ने कानुनी प्रावधानअनुसार भट्टले स्पष्टीकरणको जवाफ पठाएको प्रहरी प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले नेपाल लाइभलाई जानकारी दिए।
_x000D__x000D_
प्रहरी प्रधान कार्यालये प्रहरी निरीक्षक भट्टसँगै एसपी विष्टलाई स्पष्टीकरणको पत्र बुझ्न सोमबार आग्रह गरेको थियो। एसपी विष्टले आफू अन्य काममा व्यस्त भएको बताउँदै हिजो (मंगलबार) मात्रै पत्र बुझेका प्रवक्ता थापा क्षेत्रीले बताए। पत्र बुझेको २४ घन्टाभित्र लिखित जवाफ पठाउनुपर्ने भएकाले एसपी विष्टले आजसम्ममा जवाफ पठाउनु पर्नेछ।
_x000D__x000D_
एसपी विष्ट र प्रहरी निरीक्षक भट्टको जवाफ प्रहरी प्रधान कार्यालयले गृहसचिव प्रेमकुमार राईसमक्ष पेस गर्नुपर्ने हुन्छ। विष्टको जवाफ आएपछि आज नै गृहमा स्पष्टीकरणको लिखित जवाफ पेस गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ। उनीहरुको जवाफ चित्तबुझ्दो नभए बर्खास्त हुनसक्ने गृह मन्त्रालयले जनाएको छ।
_x000D__x000D_
प्रहरी निरीक्षकदेखि उपरीक्षकसम्मको बर्खास्तीको अधिकार गृहसचिवमा निहीत हुन्छ। प्रहरी महानिरीक्षकले हस्ताक्षर गरेको कारबाही सिफारिसपत्रअनुसार गृहसचिवले दुई पटकसम्म २४ घन्टे स्पष्टीकरण सोध्न सक्छन्। त्यो स्पष्टीकरण चित्त नबुझे सरकारी सेवामा अयोग्य हुनेगरी समेत बर्खास्त गर्ने अधिकार गृहसिचवलाई हुन्छ।
_x000D__x000D_
पन्त हत्याको अनुसन्धानमा लापरबाही गरेको भन्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टराईलाई सेवाबाट निष्कासन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेका थिए।
_x000D__x000D_
गत साउन १० गते साथीको घरबाट स्कुलको गृहकार्य सकेर घर जाँदै गरेकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो। आधा दर्जनभन्दा बढी प्रहरी टोलीले घटनाको छानबिन गरे पनि परिणाम शून्य भएको अवस्थामा सरकारले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख विष्ट र निरीक्षक भट्टलाई बर्खास्त गर्न प्रक्रिया अघि बढाउन लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।