नयाँ दिल्ली– भारतमा सन् २०१५ देखि २०१७ सम्मको तीन वर्षको अवधिमा बाटो काट्ने क्रममा रेलले किचेर करिब ५० हजार जनाको मृत्यु भएको छ।
_x000D__x000D_
रेलमार्गबाट बाटो काट्ने क्रममा तीन वर्षमै यति ठूलो सङ्ख्यामा नागरिकको मृत्यु भएको बताइएको हो। भारतीय रेल सेवाले मङ्गलबार सो तथ्याङ्क सार्वजनिक गरेको हो।
_x000D__x000D_
भारतको पञ्जाबमा हालैमात्र यसरी नै रेलको लिकमा परेर ६१ जनाको ज्यान गएको थियो। सो दुर्घटनापछि भारतीय रेल सेवा कार्यालयले यो जानकारी गराएको हो।
_x000D__x000D_
रेलमार्ग नजिकै आयोजना गरिएको भारतीय हिन्दूहरुको चाड नवरात्रका अवसरमा लागेको मेला हेर्ने क्रममा अकस्मात रेल आएर किच्दा उनीहरुको मृत्यु भएको बताइएको थियो।
_x000D_यस तीन वर्षमा ४९ हजार ७ सय ९० जनाको ज्यान गएको उक्त कार्यालयले जानकारी दिएको छ।
_x000D__x000D_
भारतीय रेल सेवा कार्यालयले यस्तो दुर्घटना घटाउन कैंयौँ कार्यक्रमहरु सञ्चालन गरिरहेको बताएको भए पनि यसरी हुने मृत्युदर भने नघटेको बताइएको छ।
_x000D__x000D_
भारत विश्वमै सबैभन्दा ठूलो रेल सञ्जाल भएको देश हो। भारतमा दैनिक लाखौं व्यक्तिले रेलमार्गबाट यात्रा गरिरहेका हुन्छन्। रासस/एपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।