अङ्कारा– टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आफ्नो सत्ताधारी पार्टीका सांसदहरूलाई सम्बोधन गर्दै पत्रकार जमाल खशोग्गीको ज्यान लिने योजना हत्या हुनु अगावै तयार गरिएको आशङ्का व्यक्त गरेका छन्।
_x000D__x000D_
उनले अक्टोबर २ गते इस्तानबुलस्थित साउदी वाणिज्यदूतावासभित्र खशोग्गीको नियोजित र ‘क्रुर‘ हत्या भएको भन्ने देखाउने टर्कीसँग बलियो प्रमाण रहेको दाबीसमेत गरे।
_x000D__x000D_
उनले खशोग्गीको मृत्यु दुर्घटनावस भएको हुनसक्ने भन्ने संभावनालाई खण्डन गर्दै उक्त घटनाका संदिग्धहरू विरुद्ध इस्तानबुलमा मुद्दा चलाउन पनि माग गरे।
_x000D__x000D_
खशोग्गीको शव कहाँ छ र उनको ज्यान लिने गरी भएको कारबाहीको आदेस कसले दिएको थियो भन्ने प्रश्नहरूको जवाफ साउदी अरबबाट आउनुपर्ने उनले जिकिर गरे।
_x000D__x000D_
यद्यपि साउदी अरबले पत्रकारको मृत्यु वाणिज्यदूतावासभित्र भएको पिटापिटका क्रममा भएको बताएकोे छ। उसले युवराज मोहम्मद बिन सलमानको निर्देशनबिना सक्रिय एजेन्टहरूलाई त्यसका लागि दोष दिएको छ।
_x000D__x000D_
वासिंगटन पोस्ट पत्रिकाका स्तम्भकारसमेत रहेका खशोग्गीको हत्यामाथि निन्दा गर्दै विश्वभरीबाट घटनाका सम्बन्धमा पूर्ण अनुसन्धानको माग भइरहेको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।