लग्जेम्वर्ग– इटालीले यूरोपेली यूनियन (इयू) सदस्य राष्ट्र ग्रीसको बाटो पछ्याउँदै वित्तीय सङ्कटको झमेला युरोप क्षेत्रलाई नदिने भन्दै यसमा अनावश्यक चिन्ता नलिन युरोपेली क्षेत्रका कर्जा कोष निर्देशक क्लाउस रेग्लिङले बताएका छन्।
_x000D__x000D_
इयू स्रोतले मङ्गलबार एएफपीलाई इटालीका जनताबीच चर्चित केही नेताहरूले प्रस्ताव गरेको बजेटलाई इयूको कार्यकारी निकाय, यूरोपेली आयोगले अस्वीकार गरेको बताउनुभन्दा केही पहिले कर्जा प्रमुख रेग्लिङले उक्त कुरा बताएका हुन्।
_x000D__x000D_
इटाली सरकारले आगामी वर्ष आफ्नो मुलुकमा वार्षिक आर्थिक उत्पादन २ दशमलब ४ प्रतिशत कमी हुने घोषणा गरेको छ। यो रकम यस पहिलेको सरकारले गरेको प्रक्षेपणभन्दा तीन गुणा कमी हो र इयूले गरेको प्रक्षेपणको तीन प्रतिशतसम्मको सीमासँग नजिक रहेको छ।
_x000D__x000D_
परिणामस्वरूप इटालीको पहिले देखि नै धेरै रहेको कर्जालाई अझ खतरातर्फ धकेल्ने देखिएको र यो रकम कुल ग्राहस्थ उत्पादन भन्दा १ सय ३० प्रतिशत बढी हो। यो घाटा रकम इयूले इटालीका लागि तोकेको ६० प्रतिशतभन्दा दोब्बर हो। इयूले ग्रीसपछि इटालीका लागि यसरी कर्जा सीमा तोकेको छ।
_x000D__x000D_
तर, रेग्लिङले भने इटालीको आर्थिक सङ्कटलाई लिएर बढाइचढाई गरी अनावश्यक चासो व्यक्त गरिएको प्रतिक्रिया दिएका छन्। ‘इटालीको वार्षिक आर्थिक योजनाले कानुनी दायरा अनुसार काम नगरेको तर इटाली आर्थिक संकटका सन्दर्भमा यूरोपमा ग्रीसकै अवस्थामा पुगेको भने छैन।,’ लग्जेम्वर्गमा रेग्लिङले सञ्चारकर्मीसँग बताए।
_x000D__x000D_
‘कसैले पनि इटालीबारे चिन्ता व्यक्त गर्नु पर्दैन।’, जर्मन नागरिक रेग्लिङले भने, ‘इटालीले प्रतिस्पर्धात्मक अवस्थालाई गुमाएको छैन। इटालीले आन्तरिक रूपमा हिसाब गरेजस्तो माथि वा धेरै वार्षिक घाटा छैन।’ रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।