काठमाडाैं– वीरगञ्जबाट प्रकाशित हुने बाइपास दैनिकका प्रकाशक धिरज दारुकामाथि तेजाब प्रहार गर्न खोज्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
_x000D__x000D_
अफ्नो श्रीमानलाई अपहरण गरेको भन्दै दारुकाकै छिमेकमा रहेको घरमा भाडामा बस्दै आएकी मनिता सिंहले अाज दिउँसो ५ बजे दारुकामाथि तेजाव प्रहार गर्ने प्रयास भएको पर्साका एसपी रेवती ढकालले नेपाल लाइभलाई बताए।
_x000D__x000D_
आफ्नो श्रीमानलाई अपहरण गरी ९/१० दिनदेखि बेपत्ता बनाएकोले तेजाव आक्रमण गर्न खोजेको ती महिलाले बयानका क्रममा बताएको एसपी ढकालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।