गृह मन्त्रालयले डिआइजीहरुको सरुवा गरेको छ। शैलेश थापालाई महानगरीय प्रहरी कार्यालय पठाएको छ भने प्रदेश २ प्रहरी कार्यालयमा हरि पाललाई सरुवा गरेको छ।
_x000D__x000D_
यस्तै प्रदेश ५ मा पिताम्बर अधिकारी, लागूऔषध नियन्त्रण व्युरेमा दिनेश अमात्यलाई पठाएको छ। यसैगरी प्रहरी प्रधान कार्यालय प्रबन्धमा नारायणसिंह खड्कालाई सरुवा गरेको छ।
_x000D__x000D_
गृहमन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान अयोग केन्द्रीय कार्यालय प्रहरी महाशाखामाठाकुर ज्ञवाली, विशेष ब्यूरोमा कमल जिटी, एयरपोर्टमा शेरबहादुर बस्नेत, एकेडमीमा प्रध्युम्न कार्की तथा आइजी सचिवालयमा बिनोद शर्मा घिमिरेलाई सरुवा गरेको छ।
_x000D__x000D_
यस्तै उत्तमराज सुवेदीलाई नेपाल प्रहरीकाे केन्द्रीय प्रहरी प्रवक्ता ताेकिएकाे प्रहरी प्रधान कार्यालयले जनाएकाे छ।
_x000D__x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।