काठमाडौं– होलसेल बजारको अवलोकन गर्न भियतनाम उड्न ठिक्क परेका कृषि मन्त्रालय अन्तर्गतको कालिमाटी फलफूल तथा तरकारी विकास समितिका १९ जना पदाधिकारीको भ्रमण अन्तिम समयमा रोकिएको छ।
_x000D__x000D_
मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीका अनुसार उक्त भ्रमण यही अक्टाेबर २७ देखि नाेभेम्बर ३ तारिक (यही कात्तिक १० देखि १७ गते) सम्मका लागि तय गरिएको थियो। तर, विदेश उड्नु चार दिनअघि प्रधानमन्त्री कार्यालयले भ्रमण रोकिदिएको हो।
_x000D__x000D_
सुवेदीका अनुसार बोर्डले स्वीकृत गरेको उक्त वैदेशिक भ्रमण कार्यक्रमको बजेट ४० लाख रुपैयाँ थियो। उक्त बजेटबाट भियतनामका होलसेल बजारका पदाधिकारीसँग अन्तर्क्रिया गर्ने कार्यक्रम तय गरिएको थियो।
_x000D__x000D_
समिति, मन्त्रालय र कृषि विभागका प्रतिनिधिलाई उक्त भ्रमणमा सहभागी गराइएको थियो।
_x000D__x000D_
‘सरकारी खर्चमा एकैपटक ठूलो संख्याका सरकारी पदाधिकारी जान लागेका र उक्त भ्रमण वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका, २०७५ को प्रतिकूल देखिएकाले भ्रमणमा रोक लगाइएको हो,’ कार्यालयका प्रवक्ता कुँवरले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।