काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतीय सीमाबाट समान भित्र्याउन घुस लिएको आरोपमा सशस्त्र प्रहरी बलका हवल्दार चन्देश्वर गिरी (अथित) लाई नियन्त्रणमा लिएको छ।
_x000D__x000D_
शसस्त्रको हेडक्वाटर नं. ८ गण मुझेलिया, धनुषामा कार्यरत सहायक हवल्दार गिरी (अथित)लाई एघार हजार घुससहित पक्राउ गरेको हो।
_x000D__x000D_
घुस बापतको रकम लिइसकेको अवस्थामा जनकपुर उपमहानगरपालिका वडा नं. ४ स्थित कदमचोकबाट उनलाई अख्तियारको टोलीले नियन्त्रण लिएको हो। उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।