मेक्सिको- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्य अमेरिकी राष्ट्रहरुलाई उपलब्ध गराउँदै अाएकाे सहायता रकम कटौती गरिने चेतावनी दिएका छन्। होन्डुरसका नागरिक अवैध आप्रवासीका रुपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्न ठूलो समूह (क्याराभान) बनाएर अघि बढ्दै गएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले यस्ताे चेतावनी दिएका हुन्।
_x000D_
_x000D_संयुक्त राष्ट्रसङ्घले सात हजारभन्दा बढी मानिस संयुक्त राज्य अमेरिकाको सीमातर्फ अगाडि बढिरहेको जनाइएको छ। मेक्सिकोमा पहिल्यैदेखि संयुक्तराज्य अमेरिका प्रवेशको मौका छोपेर बसेका समेत अहिले क्याराभानमा सामेल भएका छन्।
_x000D_
_x000D_ट्रम्पले संयुक्त राज्य अमेरिकाको सीमा छेउमै आउन लागेको उक्त क्याराभानका बारेमा दिनहुँ झैं ट्वीट गरी अमेरिकी सीमाबललाई सचेत बनाइएको बताए। उनले क्याराभानमा सामेल कसैलाई पनि अमेरिका प्रवेश गर्न नदिने घोषणा गरे ।
_x000D_
_x000D_“हामी अब ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोरलाई दिंदै आएको बैदेशिक सहायता पूरै वा आंशिक कटौती गर्नेछौं, र त्यो बाहेक हामीसँग अर्को विकल्प छैन,” ट्रम्पले भने । सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा समेत आप्रवासी विरोधी नीतिको चर्को वकालत गरेका कारण राष्ट्रपति ट्रम्पलाई फाइदा पुगेको थियो। अहिले यही नोभेम्बरमा हुने मध्यावधि चुनावमा पनि यही मुद्दा प्रबल रुपमा उठ्ने देखिएको छ।
_x000D_
_x000D_“दुर्भाग्यवस, मेक्सिकोको प्रहरी र सैनिकले संयुक्त राज्य अमेरिकाको दक्षिणी सीमातर्फ अगाडि बढेको क्याराभानलाई रोक्न अक्षम भएजस्तो देखिँदैछ। अपराधीहरु र अपरिचित मध्यपूर्वका मानिसको पनि यहाँ घुसपैठ छ,” उनले थपे।
_x000D_
_x000D_मेक्सिकोका गृहमन्त्री अल्फन्सो नाभारेटले आफ्नो मुलुक कुनैपनि सरकारले उक्साएको आधारमा उत्तेजित नहुने स्पष्ट गर्दै संवादका लागि निरन्तर आग्रह गरिने बताए।
_x000D_
_x000D_मेक्सिकोका अधिकारीहरुले मेक्सिको–ग्वाटेमाला सीमानदीमा अलपत्र परेका आप्रवासीलाई रोक्न मेक्सिकोले भरमग्दुर प्रयास गरेको थियो तर उनीहरु नदीमा जोखिम मोलेर मेक्सिको प्रवेश गरेका थिए। नदी तर्नासाथ उनीहरु उत्तरतर्फ हिँडेका थिए।
_x000D__x000D_
_x000D_
_x000D_एकजना मेक्सिकाली अधिकारीले सोमबार अबेर सयौं होन्डुरसबासीलाई आप्रवासीका रुपमा मेक्सिको प्रवेश गर्न दिएको बताए।
_x000D_
_x000D_यो क्याराभान दक्षिण मेक्सिकोको चियापास हुँदै उत्तरी मेक्सिकोतर्फ अघि बढेको अधिकारीहरुले बताएका छन्। उनीहरुमध्ये धेरैजसो खाली खुट्टै हिँडेका वा बाटोमा भेटिने कार र ट्रकमा चढेका थिए। कतिपयका खुट्टामा प्लास्टिकका जुत्ता वा चप्पल थियो।
_x000D_
_x000D_अधिकारकर्मीहरुले करिब ३ हजार किलोमिटरको यो दूरी छिचोल्न उनीहरुलाई करिब एक महिना लाग्ने बताएका छन्। “हामीलाई प्रहरीले पक्राउ गर्ने हो कि भन्ने केही डर लागिरहेको छ। तर यदि उनीहरुले हामीलाई स्वदेश फर्काए भने पनि हामी प्रयत्न जारी राख्नेछौं,” नोमी बोबाडिल्लाले भने। ३९ वर्षीया बोबाडिल्ला होन्डुरसको सान पेड्रो सुलामा सरसफाइको काम गर्थिन्। उनी हिँड्न थालेको १३ दिन भइसक्यो।
_x000D_
_x000D_“मेक्सिकोले राम्रो व्यवहार गर्दैन भन्ने हामीलाई राम्रैसँग थाहा छ, र उनीहरुले हामीलाई होन्डुरस फर्काइदिन पनि सक्लान्। साथै, हामीलाई यहाँका लागूऔषध तस्करले अपहरण र हत्या पनि गर्नसक्ने बारे हामीलाई थाहा छ,” अर्का आप्रवासी हुँवा फ्लोरेले बताए। “तर हाम्रो देशमा योभन्दा अझ बढी त्रास छ, त्यसैले हामीले यसलाई निरन्तरता दिएका छौं।”
_x000D_
_x000D_आप्रवासीले सामना गर्नुपर्ने खतरा सोमबार नै देखिएको छ। क्याराभानमा सहभागी एक २५ वर्षीय व्यक्तिको हत्या भएको छ। चियापासका एक अधिकारीले एउटा सवारीसाधनमा लिफ्ट पाएका ती व्यक्ति शङ्कास्पद रुपमा सडकमै झरेको बताए। अधिकारकर्मीहरुले आप्रवासीमाथि मेक्सिकोले अभद्र व्यवहार गरेको आरोप लगाएका छन्।
_x000D_
_x000D_धेरैवटा अधिकारवादी समूहहरुले मेक्सिको सरकारले आप्रवासीलाई गैरकानुनी थुनामा राखेको र कानुनतः मेक्सिको प्रवेश गर्न वा निर्वासन चाहेका आप्रवासीलाई पक्राउ गरी मानवअधिकारको गम्भीर उल्लङ्घन गरेको बताएका छन्।
_x000D_
_x000D_मेक्सिकोको नयाँ गठन हुने सरकारमा प्रस्तावित विदेशमन्त्री मार्सेलो एब्रार्डले आप्रवासी नीतिमा महत्वपूर्ण परिवर्तन गर्ने बताए। आगामी डिसेम्बर १ मा बामपन्थी रुझानका आन्द्रेस मानुएल लोपेज ओब्राडोरले राष्ट्रपतिको पद बहाली गर्दै छन्। उनले मध्य अमेरिकामा लगानी वृद्धिमार्फत आप्रवासीको प्रवाहमा न्यूनीकरणका लागि पहल गरिने बताए।
_x000D_
_x000D_केही अधिकारवादीहरुले ट्रम्पले क्याराभानलाई राजनीतिक लाभका लागि प्रयोग गरिरहेको आरोप पनि लगाएका छन्। “ट्रम्पलाई क्याराभानको डर होइन, उनले कङ्ग्रेसमा विजयी हुन क्याराभानको प्रयोग गरिरहेका छन्,” गत अप्रिलमा अर्को क्याराभानको आयोजना गरेका अधिकारकर्मी इरिनिओ मुजिकाले बताए। उक्त क्याराभान पनि ट्रम्पका लागि टाउको दुखाइ भएको थियो।
_x000D_
_x000D_अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले क्याराभानका केही आयोजकको राजनीतिक महत्वाकाँक्षा रहेको भन्दै भत्र्सना गरिन्।
_x000D_
_x000D_अमेरिकी सहायता कटौती
_x000D__x000D_
मध्य अमेरिकामा अमेरिकी सहायतामा पछिल्ला वर्षहरुमा कटौती हुँदै आएको छ। सन् २०१६ मा ७५ करोड अमेरिकी डलर रहेको अमेरिकी सहायता गत वर्ष सन् २०१७ मा ६५ करोड ५० लाख मात्र रहेको थियो। ल्याटिन अमेरिकासम्बन्धी वासिङ्टन कार्यालयका अनुसार यस वर्षका लागि यस्तो सहायता ६१ करोड ५० लाख उपलब्ध हुनेछ।
_x000D_
_x000D_अद्यापि, होन्डुरसजस्ता मुलुकका लागि अमेरिकी सहायता महत्वपूर्ण रहने गरेको छ। गत वर्ष होन्डुरसले १८ करोड १७ लाख अमेरिकी डलर सहायता प्राप्त गरेको थियो । करिब १० अर्ब डलरभन्दा कमको वार्षिक बजेट रहेको होन्डुरसलाई यो सहायता अत्यन्त उपयोगी मानिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।