काठमाडौं– चौथो संस्करणको साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिता बुधबारदेखि सुरु हुँदैछ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा सुरु हुने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भूटान, माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशले सहभागिता जनाउँदैछन् प्रतियोगिताका सबै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछन्।
_x000D__x000D_
प्रतियोगिताको समूह ‘ए’मा नेपाल, बङ्गलादेश, माल्दिभ्स र पाकिस्तान छन् भने समूह ‘बी’मा भारत, भूटान र श्रीलङ्का छन्। प्रतियोगिता कात्तिक १७ गतेसम्म चल्नेछ।
_x000D__x000D_
नेपाली टोलीमा गोलकिपर रोशन नेपाल, रोहन मगर, विनय श्रेष्ठ, डिफेन्डरमा जान लिम्बू, निवास फुँयाल, प्रमेश गुरुङ, रोशन थापा, श्रीजन दानी, रोजित परियार, सुशील अधिकारी, मिडफिल्डरमा प्रदीप लम्साल, मनाग्य नकर्मी, दिपेश गुरुङ, प्रविन मगर, राकेश विक, शशांक बोहरा, निराजन मल्ल, धीरज बलायर र स्ट्राइकरमा नमास थापा, सोनम गुरुङ, रोहित शुब्बा, दिपेश राई तथा मुख्य प्रशिक्षकमा सनोज श्रेष्ठ छन्।
_x000D__x000D_
प्रतियोगितामा नेपाली टोली अहिलेसम्म विजेता बन्न सकेको छैन। सन् २०१३ बाट आयोजना हुँदै आएको प्रतियोगितामा नेपाली टोली अहिलेसम्म उपविजेतामै सीमित हुँदै आएको छ। सन् २०१७ मा नेपालमै भएको प्रतियोगितामा नेपाल उपविजेतामा सीमित बनेको थियो। उपाधि होडमा अहिलेसम्म नेपाललाई भारतले रोक्दै आएको छ।
_x000D__x000D_
नेपाली टोलीका प्रशिक्षक सनोज श्रेष्ठ नेपालको मुख्य लक्ष्य भनेको साफ च्याम्पियनसिपको उपाधि जित्नु रहेको बताउँछन्। ‘तयारी राम्रो भइरहेको छ, एन्फा एकेडेमीका खेलाडी र खुला छनोटबाट आएका खेलाडी राम्रो लयमा छन्। यसपटक हाम्रो टोली साफ च्याम्पियनको उपाधिका लागि खेल्नेछ।’, प्रशिक्षक श्रेष्ठले भने।
_x000D__x000D_
प्रतियोगिताको चारै संस्करण खेलेको नेपाल दुई पटक फाइनलमा हारेको थियो।
_x000D__x000D_
प्रतियोगिताअन्तर्गत नेपालले पहिलो खेल कात्तिक ८ गते पाकिस्तानसँग खेल्दै छ। कात्तिक १० मा माल्दिभ्ससँग र समूह चरणको अन्तिम खेल कात्तिक १२ गते बङ्गलादेशसँग खेल्नेछ।
_x000D__x000D_
यसअघि भएको तीन संस्करणमध्ये भारतले दुई तथा बङ्गलादेशले एकपटक उपाधी हात पारेका छन्। भारतले सन् २०१३ र १७ मा दुई पटक उपाधि उचालिसकेको छ। त्यस्तै बङ्गलादेशले सन् २०१५ मा उपाधि उचालेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।