काठमाडाैं– बलिउडका चर्चित प्रेमजोडी दीपिका पादुकोण र रणवीर सिंह यही नोभेम्बर १४ र १५ मा विवाह बन्धनमा बाँधिदै छन्। उनीहरुको विवाह र हनिमुन कुन स्थानमा हुने भनी चर्चा भइरहेको बेला भारतीय सञ्चार माध्यमले विवाह हुने स्थानको बारेमा खुलासा गरेका छन्।
_x000D__x000D_
भारतीय सञ्चार माध्यमका अनुसार यो जोडीले आफ्नो विवाहका लागि इटालीको लेक कोमोलाई छानेका छन्। प्राकृतिक सुन्दरताले भरिपूर्ण यस क्षेत्रलाई उनीहरुले छानेका हुन्।
_x000D__x000D_
यसअघि बलिउडकी चल्तीकी हिरोइन अनुष्का शर्मा र भारतीय क्रिकेटर विराट कोहलीले पनि इटालीमा विवाह गरेका थिए। उनीहरुको विवाह इटालीको टस्कनीमा भएको थियो।
_x000D__x000D_
_x000D__x000D_
तर दीपिका–रणविरले भने सोही देशको अर्को सहर लेक कोमो छानेका हुन्। यो सहर पहिलो क्लासका सेलिब्रिटी जर्ज क्लुनी, मडोना र रिचर्ड ब्रेन्सनका बारेमा फेमस छ।
_x000D__x000D_
२०१८ बलिउडका कलाकारको वर्ष भएको छ। सोनम कपुर, नेहा धुपिया र प्रियंका चोपडाले पनि यही वर्ष विवाह गरेका हुन्। लेक कोमो इटाली सहरको चर्चित पर्यटकिय क्षेत्र मध्ये पर्दछ। ऐल्पस पहाडको किनारा बसेको यो सहर पर्यटकीय गन्तव्यको रुपमा रहँदै आएको छ।
_x000D__x000D_
लेक कोमो इटालीको तेस्रो ठूलो सहर हो। १ सय ४६ स्क्वायर किलोमिटरमा फैलिएको यो लेक करिब १३ सय फिट गहिरो छ। यो युरोपको सबैभन्दा गहिरो लेक मानिन्छ। लेकको चारैतर्फ हरियाली, हिउँले ढाकिएका र सुन्दर पहाड र रंगीन फूलहरुले भरिएका छन्।
_x000D__x000D_
_x000D__x000D_
मुम्बई मिररका अनुसार लेक कोमोस्थित डेल बैलबियानेलोमा हुने दीपिका–रणवीरको विवाहको जिम्मा दिल्लीको एक बेडिङ प्लेनरलाई दिइएको छ। इटालीमा विवाह पश्चात मुम्बई र बैंग्लोरमा मई २ मा रिसेप्सन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।