राजविराज– सप्तरीको कञ्चनपुर–फत्तेपुर सडकखण्डअन्तर्गत कञ्चनरुप नगरपालिका– १ स्थित पडेमारामा असोज २३ गते को१०प ६०९ नम्बरको मोटरसाइकलको ठक्करबाट ६० वर्षीया सुगावतीदेवी साह घाइते भइन्।
_x000D__x000D_
गम्भीर घाइते भएकी साहको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारकै क्रममा २५ गते मृत्यु भयो।
_x000D__x000D_
त्यसको भोलिपल्टै सोही सडकखण्डमा तीनजना सवार को८प २४३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भयो। घटनामा कञ्चनरुप नगरपालिका– ४ का मोटरसाइकल चालक १५ वर्षीय उमंग लेखी तथा पछाडि बस्ने रिकेश दास र १६ वर्षीय उज्वल दास घाइते भए।
_x000D__x000D_
चालकको अवस्था सामान्य रहे पनि पछाडि बस्ने दुईजनाकै अवस्था चिन्ताजनक रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर प्रतीक विष्टले जानकारी दिए।
_x000D__x000D_
सप्तरीमा पछिल्लो समय सवारी दुर्घटनाको अवस्था भयावह बन्दै गएको छ। हरेक दिन एउटा न एउटा दुर्घटना हुने गरेको इन्स्पेक्टर विष्ट बताउँछन्। त्यसमा पनि मोटरसाइकल दुर्घटनाको अवस्था निकै ठूलो छ। गत असारयता मात्रै सप्तरीमा १४ वटा मोटरसाइकल दुर्घटना भएका छन्।
_x000D__x000D_
यस अवधिमा भएका २६ वटा दुर्घटनामा ३९ सवारी साधन क्षति भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथले जनाएको छ। विगत तीन वर्षको तथ्यांक हेर्दा मोटरसाइकल दुर्घटनाको अवस्था अझै भयावह छ।
_x000D__x000D_
यस अवधिमा सप्तरीमा मोटरसाइकल मात्रै ६ सय २९ वटा दुर्घटनामा परेका छन्। हरेक वर्ष यो संख्या वृद्धि भइरहेको छ। आव ०७२/७३ मा १४६, आव ०७३÷७४ मा २ सय ३९ र आव ०७४/७५ मा २ सय ४४ वटा मोटरसाइकल दुर्घटनामा परेका थिए।
_x000D__x000D_
ट्राफिक प्रहरी कार्यालयका अनुसार अन्य सवारी साधनको तुलनामा मोटरसाइकल दुर्घटना अधिक हुने गरेको छ। मोटरसाइकल दुर्घटना बढेपछि ट्राफिक प्रहरीले मोटरसाइकललाई विशेष निगरानी पनि गरिरहेको छ।
_x000D__x000D_
निगरानीका क्रममा गत साउन र भदौमा मात्रै १ हजार ९ सय ७९ मोटरसाइकल कारबाहीमा परेका छन्। जसबाट १० लाख ७५ हजार रुपैयाँ जरिवाना असुल गरिएको थियो।
_x000D__x000D_
विगत तीन वर्षभित्र २२ हजार ५ सय ८८ मोटरसाइकल कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ। आव ०७२/७३ मा ६ हजार ९ सय ८४, आव ०७३/७४ मा ७ हजार ३ सय ६६ र आव ०७४/७५ मा ८ हजार २ सय ३८ वटा मोटरसाइकललाई कारबाही गरिएको छ।
_x000D__x000D_
दुर्घटनाको भयावह अवस्था
_x000D__x000D_
मोटरसाइकलसँगै सप्तरीमा अन्य सवारी साधनको दुर्घटना पनि अधिक हुने गरेको छ। गत असारदेखि यता जिल्लामा २६ वटा दुघर्टनामा ३९ वटा सवारी साधन क्षति भएका छन्। जसमा १ महिलासहित १७ जनाको मृत्यु तथा ४ महिलासहित २५ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
_x000D__x000D_
यसैगरी, वितग तीन वर्षमा कुल ९ सय ९४ वटा दुर्घटनामा भएका छन्। जसमा १ हजार ४ सय २ सवारी साधन क्षति भएको तथ्यांक छ। यी दुर्घटनामा मोटरसाइकल ६ सय २९, त्यसपछि क्रमशः बस, कार/जीप, ट्रकलगायतको संख्या अधिक छ।
_x000D__x000D_
_x000D__x000D_
ट्राफिक प्रहरीका अनुसार आव ०७४/७५ मा ५०३, आव ०७३/७४ मा ५ सय १५ र ०७२/७३ मा ३ सय ८४ सवारी साधन दुर्घटनामा परेका थिए। जसमा २६ बालबालिका र २५ महिलासहित ४ सय ५९ को मृत्यु भएको थियो। यसैगरी, १ सय ७८ बालबालिका र ३ सय २९ महिलासहित १ हजार ७३८ जना घाइते भएका थिए।
_x000D__x000D_
ती दुर्घटनामा ४१ पशुचौपाया मरेका थिए भने ९८ वटा घाइते भएका थिए।
_x000D__x000D_
सडक सुरक्षाका लागि कारबाही
_x000D__x000D_
सवारी दुर्घटनासँगै धनजनको क्षति बढेपछि त्यसलाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीले जनचेतना र कारबाही प्रक्रिया अगाडि बढाइरहेको छ।
_x000D__x000D_
साउन र भदौ महिनामा मात्रै १ हजार ९ सय ७९ मोटरसाइकल, ८ सय ७५ ट्रक ६ सय ६५ कार÷जीप, ५ सय ४५ बस, ४ सय ३७ ट्याक्टर र १ सय ९९ अन्य गरी कुल ४ हजार ८ सय सावारी साधन कारबाहीमा परेका छन्।
_x000D__x000D_
आव ०७२/७३ मा १५ हजार ९ सय ४१, आव ०७३/७४ मा १९ हजार ७ सय २४ र ०७४/७५ मा २६ हजार ८ सय १२ गरी विगत तीन आर्थिक वर्षमा कुल ६२ हजार ४ सय ७७ वटा सवारी साधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।
_x000D__x000D_
तीन वर्षयता साढे तीन करोड जरिवाना असुल
_x000D__x000D_
सवारी दुर्घटना न्यूनीकरण गर्न नियमविपरीत चल्ने सवारी साधनलाई कारबाही गरी गत साउन र भदौमा मात्रै २७ लाख ६६ हजार ५ सय रुपैयाँ जरिवाना असुल गरिएको छ।
_x000D__x000D_
यसैगरी गरी आव ०७२÷७३ मा ६१ लाख ८६ हजार ५ सय, आव ०७३÷७४ मा १ करोड १० लाख ५० हजार र ०७४÷७५ मा १ करोड ५७ लाख २९ हजार गरी विगत तीन आर्थिक वर्षमा कुल ३ करोड २९ लाख ६४ हजार ५ सय रुपैयाँ जरिवाना असुल गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथका इन्स्पेक्टर सुनिलकुमार श्रेष्ठले बताए।
_x000D__x000D_
किन हुन्छ अत्याधिक दुर्घटना
_x000D__x000D_
सवारी साधनको बढ्दो चाप, जीर्ण बन्दै गएका सडक र ट्राफिक नियमको उलंघन गर्दै तीव्र गतिमा सवारी सञ्चालन गर्दा अधिक दुर्घटना हुने गरेका छन्।
_x000D__x000D_
अनावश्यक ओभरटेक गर्ने सवारी चालक अनि असुरक्षित रुपमा बाटो काट्ने यात्रुका कारण पनि सवारी दुर्घटनामा वृद्धि भएको इन्स्पेक्टर श्रेष्ठले बताए।
_x000D__x000D_
दुर्घटना रोक्न भएका प्रयास
_x000D__x000D_
गत बुधबारदेखि प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथमा ‘रिफ्रेस सेन्टर’ र ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याएको छ। चाडपर्वका समयमा चालकको कमजोरीले हुने सवारी दुर्घटना तथा एकान्त स्थानमा हुनसक्ने लुटपाट र चोरीका घटना न्यूनीकरण गर्न ‘रिफ्रेस सेन्टर’ र ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याइएको हो।
_x000D__x000D_
_x000D__x000D_
लामो दूरीका रात्रिकालीन सवारी साधनलाई लक्षित गरी सुरु गरिएको ‘रिफ्रेस सेन्टर’ र ‘यात्रु सहायता कक्ष’ छठ पर्वसम्म सञ्चालनमा रहने छ।
_x000D__x000D_
यसका साथै दुर्घटना न्यूनीकरणका लागि नियमित चेकजाँचका साथै तालिम, प्रशिक्षण, कारबाही तथा विभिन्न प्रकारका वैकल्पिक उपाय समेत प्रयोग भइरहेको श्रेष्ठले बताए।
_x000D__x000D_
लामो दूरीका सवारी साधनलाई रोकेर विस्तारै जानोस् भन्ने ‘एक मिनेट कार्यक्रम’, सवारी रोकेर चालकलाई मुख धुन लगाउने र फ्रेस बनाएर पठाउने ‘रिफ्रेसमेन्ट कार्यक्रम’, विद्यार्थी र अभिभावकलाई प्रशिक्षण, चालक–सहचालकलाई तालिमलगायतका विभिन्न कार्यक्रम नियमित रुपमा सञ्चालन भइरहेको छ।
_x000D__x000D_
यसैगरी, सवारी साधनको गति चेकजाँच गर्न राडर गनको प्रयोगलाई पनि प्राथमिकतामा राखिएको छ। तर, एउटै राडर गन धेरै जिल्लामा पु¥याउनुपर्ने भएकोले यसको उपयोगिता खासै अर्थपूर्ण नभएको ट्राफिक प्रहरीहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।