स्याङ्जा– भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई मातृशोक परेको छ।
_x000D__x000D_
मन्त्री अर्यालकी माता तारादेवी अर्यालको ८६ वर्षको उमेरमा सोमबार साँझ आफ्नै निवासमा निधन भएको हो। केही समयदेखि निमोनिया र फोक्सोमा समस्या देखिएपछि काठमाडौंमा उपचार गराइरहेकी अर्याललाई दसैंको समयमा स्याङ्जास्थित घर ल्याइएको थियो।
_x000D__x000D_
तारादेवीका चार छोरा र चार छोरी छन्। अर्यालको आज रामनदी धाम राम्दीमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।