विराटनगर– झापामा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ।
_x000D__x000D_
विर्तामोड नगरपालिका–१० स्थित अदुवा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा स्थानीय ४५ वर्षीय खड्गवीर राईको मृत्यु भएको हो।
_x000D__x000D_
सोमबार दिउँसो १२ बजे नै घरबाट निस्केका राई साँझसम्म पनि घर नफर्किएपछि खोजतलास गर्दा खोलामा मृत अवस्था फेला पारिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।
_x000D__x000D_
राईको शव पोष्टमार्टमका लागि बिर्तामोड पठाइएको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।