राजविराज– सुरक्षा संवेदनशिलता कमजोर हुँदा हत्याहिंसा लगायतका जघन्य अपराध बढेको भन्दै नेपाली कांग्रेस सप्तरीले सोमबार सप्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुरेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएको छ।
_x000D__x000D_
जिल्ला प्रहरी कार्यालयका प्रमुखको निवाससँगै जोडिएको घरमा एक महिलाको विभत्स हत्या भएको र घटनाको तीन दिन बितिसक्दा पनि प्रहरीले दोषी पत्ता लगाउन नसकेपछि कांग्रेसले सिडिओको ध्यानाकर्षण गराएको हो।
_x000D__x000D_
पछिल्लो समय शृंखलाबद्ध रुपमा हत्या र बलात्कारका घटना बढिरहे पनि प्रहरी प्रशासनले त्यसलाई न्यूनिकरण गर्न नसकेको ज्ञापन पत्रमा स्मरण गराइएको छ। त्यस्ता घटनाले समग्र सुरक्षाको स्थिति दर्शाएको ज्ञापन पत्र बुझाउन पुगेका कांग्रेस नेता, कार्यकर्ताले बताए।
_x000D__x000D_
नेविसंघका पूर्व अध्यक्ष तथा पूर्व सांसद रञ्जित कर्णको नेतृत्वमा सिडिओ कार्यालय पुगेका कांग्रेसका नेता, कार्यकर्ताले बढ्दो आपराधिक घटनाले सर्वसाधारणमा डर र त्रासको वातावरण उत्पन्न भएकोले सुरक्षा व्यवस्था मजबुत बनाउन र आपारधिक कृयाकलापमा संलग्नलाई यथासिघ्र कानुनी दायरामा ल्याउन माग गरे।
_x000D__x000D_
यसैगरी, घरेलु हिंसा तथा यौन दुव्र्यवहारका घटना बढ्दै गएको, विभिन्न विकाससँग सम्बद्ध कार्यालय तथा स्थानीय तहहरुमा आर्थिक अनियमितता बढेको लगायतका विषयमा पनि सिडिओको ध्यानाकर्षण गराइएको थियो।
_x000D__x000D_
दसैंको महानवमीको राति राजविराज–६ स्थित जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख राजेन्द्र विष्टको निवाससँग जोडिएकै घरमा ४५ वर्षिया आशा देवको विभत्स हत्या भएको थियो भने त्यसको केही दिनअघि मात्रै दुई युवा समूहबीच झडप हुँदा राजविराज नगरपालिका–२ निवासी प्रेम यादवको मृत्यु भएको थियो।
_x000D__x000D_
यसैगरी, गत असोज २६ गते जिल्लाको डाक्नेश्वरी नगरपालिका–२, पातोकी १४ वर्षीया बालिका आफ्नै छिमेकी युवाबाट तथा असोज १६ गते साँझ खडक नगरपालिका–८ की ७० वर्षीया वृद्धा पनि बलात्कारकोे शिकार भएकी थिइन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।